०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

चोरीको नगद सहित धरानबाट एक जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीको धरान उप महानगरपालिकाबाट चोरीको नगद सहित एक जना पक्राउ परेको छ ।

हार्डवेयर पसलमा काम गर्ने मोरङको रंगेली नगरपालिका वडा नं. ५ घर भएका २२ बर्षको दिपक कुमार ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

शनिबारका बेलुका धरान उप महानगरपालिका वडा नं. १ पृथ्बीमार्ग स्थित अनुप कुमार अग्रवालले संचालन गरेको हनुमन्त हार्डवेयरबाट लकर ९भल्ब ० काटी नगद पैसा चोरी भएको थियो । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलिले सोही हार्डवेयर पसलमा काम गर्ने मोरङको रंगेली नगरपालिका वडा नं. ५ बस्ने बर्ष २२ को दिपक कुमार ऋषिदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको नगद लुकाएको स्थान देखाएको थियो।

सोही घरको गेट अगाडि सटर माथी कालो प्लाष्टिकमा पोको पारी राखेको रु.२,९४,८५०।– (दुई लाख चौरानब्बे हजार आठ सय पच्चास) र घरको दोश्रो तल्लामा रहेको फ्रिज मुनी राखेको रु.१,८६,०००।–(एक लाख छ्यासी हजार) फेला पारी जम्मा रु। ४,८०,८५०।– (चार लाख अस्सी हजार आठ सय पच्चास) नगद रकम सहित उक्त व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान सुनसरीमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]