०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

ईसेवामा अब व्यक्तिगत र मर्चेन्ट अकाउन्ट एउटै एपबाट प्रयोग गर्न सकिने

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, भाद्र १३, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । डिजिटल वालेट ईसेवाले आफ्ना मर्चेन्टका लागि नयाँ सेवा ल्याएको छ । मर्चेन्टको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले हालै एउटै एपमा व्यक्तिगत र मर्चेन्ट अकाउन्ट लिङ्क गर्न सकिने सुविधा ल्याएको हो ।

यसअघि व्यवसायीले आफ्नो व्यवसायको मर्चेन्ट अकाउन्टका लागि छुट्टाछुट्टै लगइन/लगआउट गर्नुपर्ने अवस्था थियो । एउटा अकाउन्ट लगआउट नगरी अर्को अकाउन्ट लगइन गर्न नसकिने अवस्था थियो । अब भने मर्चेन्ट लिङ्क सेवा प्रयोग गरेर एउटै एपमा मर्चेन्ट र व्यक्तिगत ईसेवा अकाउन्ट प्रयोग गर्न सकिन्छ ।

यस मार्फत प्रयोगकर्ता तथा मर्चेन्टहरूले सजिलै आफ्ना भुक्तानी र कारोबारको निगरानी एउटै एपबाट गर्नसक्ने कम्पनीले जनाएको छ । त्यसबाहेक भुक्तानीको जानकारी सोही एपको नोटिफिकेसन मार्फत पाउन सकिनेछ । आफ्नो मर्चेन्ट खातामा भएका फोनपे क्यूआर मार्फत हुने कारोबार पनि सोही एपबाट लिन सकिने छ ।

त्यसका साथै मर्चेन्ट अकाउन्टमा लिङ्क गरिएको सेटलमेन्ट बैंक खाताबाट सरल रूपमा पैसा निकाल्न सकिने सुविधा उपलब्ध छ ।

“यो नयाँ सुविधा व्यवसायीहरूलाई वित्तीय व्यवस्थापनमा थप सहजता र समयको बचत गराउनेछ,” ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भने ।

कसरी लिङ्क गर्ने ईसेवा एपमा मर्चेन्ट अकाउन्ट र व्यक्तिगत अकाउन्ट ?

ईसेवामा मर्चेन्ट अकाउन्ट बनाउँदा ईसेवा आईडी वा बैंक अकाउन्टलाई सेटलमेन्ट अकाउन्टका रूपमा राख्नुपर्ने हुन्छ । तपाईंले सेटलमेन्ट अकाउन्टमा बैंक अकाउन्ट राख्नु भएको छ भने एपमा मर्चेन्ट अकाउन्ट लिङ्क गर्नका लागि ( [email protected]) मा ईमेल पठाउनु पर्ने हुन्छ ।

त्यसबाहेक ईसेवाको टोल फ्रि नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ । त्यसपछि ईसेवाको टिमले नै तपाईको विवरण अद्यावधिक गर्छ । तर, सेटलमेन्ट अकाउन्ट ईसेवा आईडी राख्नु भएको छ भने तलको प्रक्रिया अपनाएर मर्चेन्ट र व्यक्तिगत अकाउन्ट लिङ्क गर्न सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले ईसेवा खोल्नुहोस् ।

  • त्यसपछि तल दायाँपट्टि रहेको चार ओटा बक्सको आइकनमा ट्याप गर्नुहोस् । अनि लिङ्क मर्चेन्ट अकाउन्ट भन्ने अप्सन देखिन्छ । त्यसैमा ट्याप गर्नुहोस् ।

  • यति गरिसकेपछि त्यहाँ तपाईंको मर्चेन्ट अकाउन्टको विवरण राखिएको देखिन्छ ।

  • अनि मर्चेन्ट अकाउन्ट छानी तलपट्टि रहेको टर्म्स अफ सर्भिस (Terms of service) को अप्सन मार्क गर्नुहोस् ।

  • र, ‘कन्टिन्यु’ (Continue) को बटन ट्याप गर्नुहोस् ।

  • यति गरेपछि एसएमएस मार्फत भेरिफिकेसन गर्ने पेज खुल्छ । त्यसमा ‘प्रोसिड टु सेन्ड एसएमएस’ (Proceed to Send SMS) को बटनमा ट्याप गर्नुहोस् ।

  • यसपछि तपाईंको मेसेज एप खुल्छ । उक्त मेसेज बक्समा एउटा कोड टाइप भएको हुन्छ । तपाईंले उक्त कोडसहित मेसेज पठाउनुपर्ने हुन्छ ।

  • मेसेज पठाइसकेपछि तपाईंको मेसेज बक्समा ओटीपी कोड आउँछ । उक्त ओटीपी कोड तपाईंले ईसेवा एपमा गई राख्नुपर्ने हुन्छ ।

  • कोड राखेर भेरिफाई एन्ड प्रोसिड (Verify and Proceed) को अप्सनमा जानुहोस् ।

  • यति गरेपछि तपाईंको अकाउन्टमा मर्चेन्ट अकाउन्ट लिङ्क हुन्छ । तपाईंले आफूलाई आवश्यकता अनुसार व्यक्तिगत अकाउन्ट र मर्चेन्ट अकाउन्ट स्विच गरेर प्रयोग गर्न सक्नुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]