१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

सप्तकोसीमा मान्छे उद्धार गर्ने मुखिया सम्मानित

Logo
देवराजा यादव प्रकाशित मंगलबार, भाद्र १२, २०८०

तस्विर : देवराजा यादव/नमो अनलाइन

भण्टाबारी । कोसी गाउँपालीकाले सप्तकोसी नदिबाट आफ्नो ज्यानको प्रवाह नगरी डुब्न लागेका व्यक्तिको उद्धार गर्ने स्थानीय चन्दर मुखियालाई सम्मान गरेको छ । मानवताका निम्ति उनले खेलेको भूमिकाको उच्च प्रशंसासहित उनलाई सम्मान-पत्र सहित खादा ओढाएर मंगलबार एककार्यक्रमका बीच कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले सम्मान गरेका हुन ।

कोसी ब्यारेज भई यात्रा गर्ने क्रममा दुर्घटनामा परी सप्तकोसी नदिमा डुब्न लागेका व्यक्तिलाई पटकपटक आफ्नो ज्यानको बाजी राखी बहादुरीपूर्ण तवरबाट उद्धार गर्न सफल भएको भन्दै गाउँपालीकाले मुखियालाई सम्मान गरेको हो । मानवताको लागि मुखियाले आफ्नो ज्यानको बाजी राखेर डुब्न लागेका व्यक्तिको सप्तकोसी नदिबाट उद्धार गर्न सफल भएको हुँदा उनको मनोबल उच्च बनाईराख्न सम्मान गरिएको अध्यक्ष अन्सारी बताउँछन् । उनले भविष्यमा यस्ता युवाहरूको पहिचान गरी क्षमता विकासदेखि अन्य आवश्यकता अनुसारका योजना ल्याइने प्रतिबद्धता व्यक्त गरे । सम्मान पत्र खादा ओढाएर कोसी गाउँपालीका ऐयुब अन्सारी,कोसी ८ का अध्यक्ष बलराम क्षेत्रीय,बिओपी भण्टाबारीका डिएसपी भवराज कटवाल,ईलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज दुर्गापोमु लिम्बू,जीवानन्द झा,रामचन्द्र महतो,रामपृत मण्डल लगायतले सम्मान गरेका थिए । सम्मान पाएपछि भावुक हुँदै मुखियाले गाउँपालीका अध्यक्ष सहित सबैलाई धन्यवाद समेत दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]