०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

एलिसा न्यौपानेको हत्या गरेर फरार भएका समिर खान पक्राउ

Logo
नमो अनलाईन प्रकाशित सोमबार, भाद्र १७, २०८१

हेटौँडा । एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्या गरी फरार भएका  समिर खानलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ ।

होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरू भदौ १० गते अपरान्ह ४ बजेतिर समिर खानसहित न्यौपाने होटलमा कोठा लिएर बसेका थिए । समिर बेलुका ८ बजेनै कोठाको ढोकाको भित्रबाट चुकुल लगाएर झ्यालबाट हाम्फालेर भागेका थिए । खानले युवतीलाई २ वटा वियरको बोत्तलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेर भागेको पाइएको प्रहरीले जनाएको छ ।

भोलिपल्ट बिहान होटलको कोठा नखोलेपछि होटलवालाले प्रहरी र वडाध्यक्षलाई खबर गरेका थिए । कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध रहेको खुलेको छ ।

‘उनीहरू ‘रिलेशन’मा रहेको खुलेको छ । तर किन हत्या भयो भनेर अनुसन्धान भइरहेको छ,’ प्रहरी उपरीक्षक सिताराम रिजालले भने । घटनाको अनुसन्धानको क्रममा घटना पश्चात आरोपितलाई भाग्ने उम्कने कार्यमा सहयोग पुर्‍याएको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने समिरकी आमा सैरुन खान, श्रीमती रविना खातुन, समिरका ससुरा पर्सा वीरगञ्जका लालबाबु खाँ पैठान र निजको छोरा समिरको जेठान ३० वर्षीय फैयाज अहमदलाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेका चारै जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकबाट साभार 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]