०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

तिज बिशेष कार्यक्रम हरिनगरमा सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, भाद्र १९, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् ।

हिजोआज तीज भड्किलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।

तिज नजिकिए सँगै शुभकामना आदानप्रदान गर्ने, सामुहिक रुपमा नाचगान गर्ने, खुशी व्यत्त गर्ने गरी रहेको छ । सोही अवसर पारेर तीज विशेष कार्यक्रम हरिनगर गाउँपालिकामा सम्पन्न भएको छ ।

 

सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाद्वारा आयोजित कार्यक्रम हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले तिजको महत्व तथा धार्मिक विश्वासको बारेमा प्रकाश पारोका थिए पछिल्लो समय भड्किलो बन्दै गई रहेको तिजले यस्को पौराणिक्तालाई सखाप परी रहेककोले त्यसो नगर्न सबैमा अग्रह गरेका थिए । तिज पर्व महिलाहरुको अधिकार सँग जोडिएको पर्वको रुपमा समेत रहेकोले यस्को महत्व बुझेर धार्मिक परम्परा अनुसार मनाउन आग्रह गर्दै शुभकामना समेत व्यत्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं पालिका अध्यक्ष गफार अंसारीले समेत तिजको महत्व बुझेर मनाउन आग्रह गरे, आफनो परम्परा, रतिरीवाज, धर्मको अधिमा रहेर आफना चाँडपर्व मनाउनाले मात्र त्यस्को फल राम्रो मिल्ने भएकोले त्यस्को मार्यादा कायम राख्न अनुरोध गरे । चाँडपर्वले एक आपसमा आत्मीयता बड्ने भएकोले सौहार्द पुर्न तरिकाले मनाउन आग्रह गर्दै सबैमा शुभकामना व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]