१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

इलाका प्रशासन कार्यालय हरिनगराको प्रशासकीय भवनको उद्धघाटन सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, भाद्र २२, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका स्थित इलाका प्रशासन कार्यालय हरिनगराको नयाँ प्रसासनिक भवनको उद्घाटन गरिएको छ ।

साह जेवी कन्ट्रक्सन प्रालिले भवन निर्माणको काम तोकिएको समयमा नै निर्माण सम्पन्न गरेकाले उद्घाटन गरिएको हो । विस २०७८ जेठ ५ गते भएको सम्झौता अनुसार दुई करोड १३ लाख लागतमा भवन निर्माणको काम २०८० जेठ २ गते सम्पन्न गर्नुपर्नेमा समयमा नै सम्पन्न भएकाले निजामती दिवशको अवसर पारेर शुक्रबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रसासनिक भवन उद्घाटन गर्नुभयो ।

इलाका प्रशासन कार्यालय हरिनगरा अहिलेसम्म जिर्ज भवनमा सञ्चालित थियो । संघीय सरकारको शहरी विकासको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको छ । भवन निर्माण पश्चात यस क्षेत्रका सर्वसाधारणले पाउने सेवासुविधामा सहज हुने इलाका प्रशासन कार्यालय हरिनगराका प्रमुख सगमलाल चौधरीले जानकारी दिनुभयो ।

कार्यालयले जिल्लाको सीमावर्ती बर्जु, देवानगञ्ज र हरिनगर गाउँपालिका गरि तीन स्थानीय तहका एक लाख २५ हजार जनससंख्यालाई सेवा दिँदै आएको छ । उद्घाटन कार्यक्रमका अध्यक्ष एवम् हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले १९ कोठे सुविधासम्पन्न भवनबाट जनताले सेवा पाउने बताउनुभयो ।

शुक्रबार हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीको अध्यक्षता तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाणडेले संयुक्त रुपमा ईलाका प्रशासन कार्यलय हरिनगराको नयाँ प्रशासनिक भवनको समुदघाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा जग्गादाता राजकुमार मेहताले आफूले दुई करोड ५० लाख रुपियाँ बराबरको तीन कट्ठा जग्गा दान गरेको र भवन निर्माण भई उद्घाटन भएकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, हाजी इसराईल मंसुरी, सदानन्द मण्डल, बर्जु गाउँपालिका अध्यक्ष जिवछ राय, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता र हरिनगर गाउँपालिकाका अध्यक्ष अंसारी, प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, बिभिन्न वडाका अध्यक्षहरु लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]