०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

हरिनगरमा भव्यताका साथ मनाइयो संविधान दिवस, विभिन्न विधामा विजेता भएका विद्यार्थीहरु पुरस्कृत

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा भव्यताका साथ संविधान दिवस २०८१ मनाइएको छ । पालिकाको प्रांगणमा बिहीबार एक कार्यक्रमको आयोजना गरी हरिनगर गाउँपालिकाले संविधान दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशसभा सदस्य इसराइल मन्सुरीले पानसमा बत्ती बालेर झन्डोत्तलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा संविधान दिवसलक्षित विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । पालिकाभित्रका विद्यालयहरूबाट वक्तित्वकला, चित्रकला र हाजिरीजवाफमा प्रथम, द्वितीय र तृतीय हुने छात्र(छात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

संविधान दिवसको शुभकामना दिँदै पालिका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले सातौं संविधानका रूपमा रहेको नेपालको संविधान २०७२ संसारभरिकै उत्कृष्ट कानुनी दस्तावेज रहेको बताए ।

नेपालमा विभिन्न समयमा बनेका अरू संविधानमध्ये पछिल्लो संविधान खारिएको र सहीदहरूको योगदानले भरिपूर्ण रहेको उनको भनाइ छ ।

यस्तै, गाउँपालिका उपाध्यक्ष रिमझिम भगतले वर्तमान संविधानले महिलाहरूको हकहितमा उत्कृष्ट काम गरेको सुनाइन् । यही संविधानअनुरूप आफूले उपाध्यक्ष हुने अवसर पाएको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष गफार अन्सारीले २०७२ सालको संविधानलाई आजको दिनमा मूल्यांकन गर्नुपर्दा कुण्ठित अधिकारलाई जनतामाझ फुकुवा गर्नसक्ने ल्याकत भएको बताए ।

अरू संविधानलाई विभिन्न तबरबाट प्रहार गरिएको भए पनि पछिल्लो संविधानले पनि त्यति धेरै आलोचित हुनु नपरेको बताउँदै उनले केही असन्तुष्टिलाई संशोधन गर्न सक्ने व्यवस्था भएका कारण पनि यो संविधान सुन्दर भएको बताए ।

यसैगरी प्रमुख अतिथि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ९ख० का सांसद इसराइल मन्सुरीले सहमति र सहकार्यबाट बनेको वर्तमान संविधान परिवर्तनशील भएकै कारण उत्कृष्ट रहेको सुनाए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानका विषयमा आफ्ना असन्तुष्टिसमेत व्यक्त गरे । तथापि, वर्तमान सत्तारूढ गठबन्धनले संशोधनको प्रतिबद्धता गरेका कारण आश गर्ने ठाउँ रहेको उनीहरूको भनाइ छ ।

विद्यार्थीहरूले कविता, गजल, गीत प्रस्तुत गरेर उपस्थित शिक्षक, अभिभावक, राजनीतिकर्मी र कर्मचारीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । साथै, पालिकाले पहिलोपटक सुस्त श्रवण हुने व्यक्तिहरूका लागि कार्यक्रमबारे जानकारी दिनेगरी दोभाषेका रूपमा आरती मण्डलको प्रस्तुति देखाएको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]