०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

पाँच हजार बढी महिलाहरुको सहभागितामा जितिया महोत्सव सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, आश्विन ०५, २०८१

तस्विर : नमो अनलाईन

इनरुवा । आश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म खासगरी नेपालको तराईमा बसोवास गर्ने हिन्दू महिलाहरुले मनाउने महान पर्व ‘जितिया’ पुर्व राष्ट्र सेविका नेपाल इनरुवा नगरपालिका कार्यसमितिले शनिबार सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थित जेलफिल्ड प्राङ्गणमा “जितिया महोत्सव” एक भव्य कार्यक्रमको आयोजना गरि हर्सो उल्लासका साथ मनाएर सम्पन्न भएको छ ।

पाँच हजार भन्दा बढी महिलाहरु सहभागि रहेको उत्त कार्यक्रममा बोल्दै वक्ताहरुले आफ्नो धर्म संस्कृति संरक्षण संवर्धन गर्नुपर्ने मा जोड दिएका थिए। सम्पूर्ण महिला दिदि बहिनि संगठित भई आफ्नो धर्म, संस्कृति, संस्कार संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गरी समाजलाई सहि दिसमा डोर्याउनु कर्तव्य हामी महिलाको भएको बताएका थिए । उपसना द्वरा आफ्नो धर्म संस्कृतिको संरक्षण गर्दै परिवार, गाउँ, समाज र राष्ट्रमा भएको सन्तानको शुख शान्ति आरोग्यताको कामना गर्दै जितियाको अवसरमा ब्रत तथा उपासना गरी राष्ट्र लाई संगठित गरी सांस्कृतिक मुल्य मान्यतालाई आत्म साथ गर्दै सांस्कृतिक राष्ट्र निर्माण गर्नु पर्ने हाम्रो कर्तव्य भएको बताएका थिए।

त्यस्तै हिन्दू स्वयंसेवक संघ नेपाल, सुनसरी जिल्ला सह संघचालक दिलिपचन्द साहले अहिलेको समाजलाई नारी शक्तिले कुसल नेतृत्व दिन सक्ने समय आएको बताउनु भयो ।

राष्ट्र तथा अन्तरास्ट्रिय स्तरमा महिलाहरुले राष्ट्रको नेतृत्व गरिरहेको छ। यसरी नै आफ्नो धर्म संस्कार संस्कृतिको संरक्षण गर्न महिला आमा दिदि बहिनीहरुले नेतृत्व गर्नुपर्नेमा जोड दिएका थिए । सुशासन युक्त संस्कार सहितको समाज निर्माण गर्नु महिलाहरुको प्रमुख दायित्व रहेको बताएका थिए । अहिले हिन्दू धर्म माथि भईरहेको हमलाको सामना गर्न हमि तयारी अवस्थामा बस्नु पर्ने बताए । आफना छोरी चेलिमा आफनो स्व धर्मको भाव जागृत गरी लवजिहदबाट जोगाउन हाम्रो मुख्य दायित्व भएकोले यस तर्फ महिला दिदी बहिनीहरुलाई आग्रह गरेका थिए ।

उत्त महोत्सवमा मैथली नित्यहरु समेत प्रस्तुत गरेका थिए ।

हिन्दू स्वयंसेवक संघ नेपालको अभिन्न अंगको रुपमा रहेको राष्ट्र सेविका नेपालले व्यक्ति निर्माणको कार्य गर्दै आईरहेको छ । सम्पूर्ण हिन्दू समाजलाई संगठित गरेर संस्कारको विकास गर्ने र संगठित शक्ति द्वारा सेवा कर्य सञ्चालन गरी समाजलाई कुसल नेतृत्व निर्माण गर्ने कार्य गर्दै आई रहेको छ । यसका लागि प्रशिक्षण र जागरणको व्यवस्था गरिएको जनाईएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]