०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

हेरिटेज स्कुल विराटनगरका दुई विद्यार्थीले थाइल्यान्डमा जिते ११ स्वर्ण र ३ वटा कास्य पदक

Logo
नमो संवाददाता प्रकाशित बुधबार, आश्विन ०९, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । थाइल्यान्डमा १४  वटा स्वर्ण पदक जितेर स्वदेश फर्किएका मोरङको विराटनगर महानगरपालिका-४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलमा अध्ययनरत दुई विद्यार्थीलाई स्वागत गरिएको छ ।

मंगलबार विराटनगर विमानस्थलमा हेरिटेजको कक्षा २ मा पढ्ने कुनाल कामत र कक्षा ७ मा अध्यनरत गोविन्द गोयल अग्रवाललाई स्वागत गरिएको हो ।

थाइल्यान्डमा हालै सम्पन्न इन्डुर्यान्स इन्टरनेसनल च्याम्पियन्समा कुनालले ११ वटा स्वर्ण र तीन वटा कास्य जितेका थिए । आठ वर्षीय कुनाल प्लेयर अफ द इभेन्ट पनि बनेका थिए ।

यसैगरी, ११ वर्षीय गोविन्दले भने तीन स्वर्ण र तीनवटै कांस्य जितेका थिए । उनीहरू दुवैले उक्त प्रतियोगितामा नेपाललाई दोस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

कुनाल र गोविन्दलाई स्वागत गर्दै स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले आफ्ना विद्यार्थीले गरेको उत्कृष्ट प्रदर्शनबाट गौरभान्वित महसुस गरेको सुनाए ।

थाइल्यान्डमा पाँच दिने चल्ने उक्त प्रतियोगितामा १२ देशका खेलाडीहरू सहभागी भएका थिए ।

सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न उनीहरू असोज पहिलो साता थाइल्यान्ड पुगेका थिए ।

कुनालले १० वर्षमुनिका खेलाडीहरूबीच प्रतिस्पर्धा गरेका थिए भने गोविन्दले अन्डर-१४ समूहमा खेलेका थिए ।

विराटनगरको उत्कृष्ट विद्यालयमध्येको एक हेरिटेजले पठनपाठनबाहेक खेलकुदलगायत अतिरिक्त क्रियाकलापहरूमा जोड दिँदै आएको छ ।

केही दिनअघि स्कुलले स्विमिङ प्रतियोगिताको आयोजना गरेको थियो ।

त्यसअघि भने हेरिटेजले कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई महिनावारी, महिनावारीको समयमा हुने शारीरिक र भावनात्मक परिवर्तनहरू, महिनावारीको समयमा हुने गलत अभ्यासलगायत विषयमा सचेत गराएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]