०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

देवानगञ्ज गाउँपालिकाको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न, नेपाल प्रहरी र शसस्त्र प्रहरीको साथ

Logo
नमो संवाददाता प्रकाशित बुधबार, आश्विन १६, २०८१

तस्विर : नमो अनलाईन

देवानगञ्ज । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका, गाउँ कार्यपालिकाको आयोजनामा एक दिने सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

नेपालीहरूको महानचाड विजयादशमीको पहिलो दिन घटस्थापना पूर्व आफ्नो ठाउँ आफै सफा गरौँ भन्ने मूलनाराका साथ इलाका प्रहरी कार्यालय देवानगञ्ज र सशस्त्र प्रहरी बल कप्तानगञ्ज सँगको सहकार्यमा सरसफाई गरिएको हो।

देमानगज गाउँपालिकाको प्रशासनिक भवन प्राङ्गणदेखि सफाई गर्न सुरु गरेर प्रशासनिक भवनको छेउमै रहेको दुर्गा मन्दिरको प्राङ्गण, पुरानो इलाका प्रहरी कार्यालय परिसर सफा गर्दै बाटोको छेउछाउ रहेको फोहोर सफा गर्दै देवानगञ्ज बजार स्थित रहेको काली मन्दिर र रामजानकी मन्दिरसम्म सरसफाई गर्दै स्थानीयहरूलाई आफ्नो ठाउँ आफैं सफा गर्नुपर्छ भन्ने सन्देश दिँदै सरसफाई कार्यक्रम सम्पन्न गरिएको देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधीर साफीले जानकारी दिनुभयो।

उक्त सरसफाई कार्यक्रममा पालीकाकी उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधीर साफी, देवानगज गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगनारायण मेहेता, वडा नम्बर ३ का अध्यक्ष अनिल भगत, पालिकाका सूचना प्रविधि अधिकृत जनार्दन मेहता, इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल बिष्ट, सशस्त्र प्रहरी बल कप्तानगञ्जका प्रमुख वीरेन्द्र खनाललगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]