१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue
×

मनु पोखरेल सहित सात जना कर्मचारी सम्मानित

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, भाद्र २२, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

हरिनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले २० औँ निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

 

२० औं निजामती सेवा दिवसको अवसरमा जिल्ला मूल समारोह समिति तथा जिल्ला प्रशासन कार्यालय सुनसरीले उत्कृष्ट कर्मचारी नायव सुब्बा मनु पोखरेल सहित सात जना कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । प्रसाशनिक कामकाजमा राम्रो भुमिका खेलेकोले पोखरेललाई सम्मानित गरेएको हो ।

जिल्ला प्रशासन कार्यालयका उत्कृष्ट कर्मचारी सम्मानबाट नायव सुब्बा मनु पोखरेल सहित इलाका प्रशासन कार्यालय हरिनगरका प्रशासकिय अधिकृत सगमलाल चौधरी, एलिस पोखरेल, विरेन्द्र मेहता, सागर दाहाल सहितका सात जना कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्मान तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]