२६ मंसिर २०८१, बुधबार
11-12-2024 , Wed
×

AIIMS (भारत ) का फिजिसियनको सेवा अब बिराटनगर स्थित मकालु हस्पिटलमा

Logo
नमो अनलाईन प्रकाशित आइतबार, मंसिर ०९, २०८१

बिराटनगर अवस्थित मकालु एभरेष्ट हस्पिटलमा भारत बाट आएका फिजिसियन डाक्टरको सेवा अब उपलब्ध हुने भएको छ।

AIIMS (भारत ) बाट INTERNAL MEDICINE मा MD गर्नुभएका वरिष्ठ फिजिसियन डाक्टर बिमलेश यादवको दिनभर OPD सेवा उपलब्ध हुने भएको हो।

वरिष्ठ फिजिसियन डाक्टर यादवको विशेषत : OPD , IPD , ICU , लगयात मुटु, फोक्सो , मृगौला, कलेजो, स्नायु ,बाथ ,सुगर/ मधुमेह , थाइराइड , रक्तचाप, संक्रामक रोग लगायत का उपचारका साथ् २४ सै घण्टा अब सेवा उपलब्ध रहने प्रमुख कार्यकारी अधिकृत सन्तोष मेहताले जानकारी दिए।

वरिष्ठ फिजिसियन डाक्टर यादव बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा MBBS तथा AIIMS (भारत ) बाट पुर्ण छात्रवृत्तिमा INTERNAL MEDICINE मा MD गरी हाल मकालु एभरेष्ट हस्पिटलमा आफ्नो सेवा विस्तार गर्ने डाक्टर यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]

हरिनगर । सुनसरी स्थित हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट अन्दाजी ४५ वर्षीय देवानगज गाउँपालिका वडा नम्बर – ७ का झल्लु उराँवको घटना स्थलमै मृत्यु भएको छ। घुस्कीबाट हरिनगरा बजार तिर  सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गई राखेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करले उँरावको घटनास्थलमै मृत्यू भएको हो। स्थानीय प्रत्यक्षदर्शीका […]