०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

खुशी किसान, देवानगञ्जको पहिचान: विधुतीकरणले पालिकामा नयाँ युगको शुरुवात हुने

Logo
जुगेस दास प्रकाशित बिहिबार, मंसिर १३, २०८१

देवानगञ्ज । “खुशी किसान, देवानगञ्जको पहिचान” मूल नाराका साथ देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहता आफ्नो चुनावी एजेन्डालाई कार्यान्वयन गर्न सक्रिय देखिएका छन्। गाउँपालिकाभर विधुतीकरणलाई पहिलो प्राथमिकतामा राख्दै अध्यक्ष मेहताले किसानलाई सिँचाइ तथा कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले विधुतीकरण अभियानलाई तीव्रता दिएका छन्।

आज वडा नं. ७ मा विधुतीकरण कार्य सुरु भएको छ। यसअघि वडा नं. १, २, ३, ४, र ५ मा यो काम सम्पन्न भइसकेको छ। वडा नं. ७ को काम सम्पन्न भएलगत्तै वडा नं. ६ मा पनि विधुतीकरण सुरु गरिने योजना रहेको अध्यक्ष मेहताले जानकारी गराएका छन्।

देवानगञ्ज गाउँपालिका कृषि-योग्य जमिनले सम्पन्न क्षेत्र हो। यहाँका ९० प्रतिशतभन्दा बढी जनता कृषिमा आश्रित छन्। यसलाई ध्यानमा राख्दै गाउँपालिका अध्यक्ष मेहताले सिँचाइ र कृषि उत्पादनलाई सहज बनाउन विधुतीकरणलाई पहिलो प्राथमिकता दिएको बताए।

“यस अभियानले कृषकहरूको जीवनस्तर सुधार गर्न मद्दत पुर्‍याउनेछ। सिँचाइका लागि पानीको सहज पहुँचले उत्पादकत्वमा वृद्धि हुनेछ,” अध्यक्ष मेहताले भने।

गाउँपालिकाका जनतालाई सहयोगका लागि आग्रह गर्दै मेहताले भने, “यो काम जनताको हितका लागि हो। यसलाई सफल बनाउन सबैले एकजुट भएर सहयोग गर्न आवश्यक छ। कुनै पनि बाधा-अड्चनले यो अभियानलाई रोक्न सक्दैन।”

स्थानीय किसानहरूले विधुतीकरणले कृषिमा नयाँ युगको शुरुवात हुने आशा व्यक्त गरेका छन्। विधुतीकरणले न केवल सिँचाइ प्रणालीलाई सुदृढ बनाउनेछ, तर उद्योग, व्यापार, र ग्रामीण क्षेत्रमा समग्र विकासलाई पनि गति दिने विश्वास गरिएको छ।

यस प्रकारको विकास योजनाले देवानगञ्ज गाउँपालिकालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने स्थानीय विज्ञहरूले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]