०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

गढीमा नेपाली कांग्रेसका तेतर साह विजयी

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, मंसिर १७, २०८१

तस्विर : नमो अनलाइन

गढी। सुनसरी स्थित गढी गाउँपालिकामा मंसिर १६ गते सम्पन्न भएको उपनिर्वाचनकाे अन्तिम मतगणना सार्वजनिक भएको छ । सम्पन्न भएको मतगणना अनुसार गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुखछाप भएको नेपाली कांग्रेसका तेतर साहुले ८१६ मत प्राप्त गरि विजयी प्राप्त गर्नुभएकाे छ।

उहाँका निकटतम प्रतिद्वन्दी हसिया हथौड़ा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत पाउनुभएकाे छ ।नेकपा एमालेकाे तर्फबाट २०७९ सालमा निर्वाचित वडा अध्यक्ष सदानन्द उराँवकाे निधन भएकोले रिक्त भएको गढी ६ मा उपनिर्वाचनमा भने सूर्य छापबाट नेकपा एमालेका उम्मेदवार सन्तु उरांवले ७७० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

विजयी हुनुभएको साहलाई प्रमाणपत्र समेत प्रदान गरेको जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पाैडेलले जानकारी दिनुभयो ।त्यसैगरी चुनाव चिन्ह हल्लो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविता उराँवले ८४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी पीद भएको खुकुरी ४, ढकिया नागरिक उन्मुक्ति पार्टीका तर्फबाट तेजनारायण मुसहरले २, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चुनाव चिन्ह तिर भएको बचालाल अर्गरियाले ४ मत रहनुभएको छ। त्यसैगरी त्यसैगरी चुनाव चिन्ह भित्ते घडी रहेको समावेशी समाजवादी पार्टी नेपालका तर्फबाट योगनारायण ऋषिदेवले ७ प्राप्त रहनुभएको छ।

त्यसैगरी दापसहितको खुकुरी भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजो देवी ऋषिदेव ७ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी अर्ना स्वतन्त्र चुनाव चिन्ह भएको रामनारायण यादवले १ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन घन्टीबाट शशी कुमार साहूले १८ मत र जनमत पार्टीकाे लाउड स्पिकर चुनाव चिन्हबाट सिताराम यादवले १० मत प्राप्त गर्नुभएको छ। त्यसैगरी हात निकालेको स्वतन्त्र उम्मेदवार श्यामदेव मेहताले १ मत भएकाे छ । बदर मत ६७ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]