०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

देवानगञ्ज बजारमा अनुगमन: म्याद गुज्रिएका सामग्री नष्ट

Logo
जुगेस दास प्रकाशित मंगलबार, मंसिर १८, २०८१

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिकाको मुख्य बजारको रुपमा रहेको देवानगञ्ज बजारमा खाद्य सुरक्षा अनुगमन अभियान अन्तर्गत म्याद गुज्रिएका सामग्री नष्ट गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बजारमा रहेको किराना पसल र होटलहरुमा छड्के अनुगमन गर्दै म्याद गुज्रिएका सामग्री नष्ट गरिएको हो।

अनुगमन टोलीको नेतृत्व डिभिजन प्रमुख शौरभ श्रेष्ठले गरेका थिए। टोलीमा खाद्य निरीक्षक उज्ज्वल कोइराला, कृषि सेवा शाखाका प्रमुख गुलाबचन्द मेहता, इलाका प्रशासन कार्यालय हरिनगरका नासु सगमलाल चौधरी र इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल बिष्ट पनि सहभागी थिए।

अनुगमनका क्रममा विभिन्न किराना पसल र होटलमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेका थिए। डिभिजन प्रमुख श्रेष्ठका अनुसार यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले ती सामग्री तुरुन्त नष्ट गरिएको हो।

सम्बन्धित व्यवसायीलाई पहिलोपटक सचेत गराउँदै कानूनअनुसार कारबाहीको प्रक्रिया सुरु गरिने चेतावनी दिइएको छ। अनुगमन टोलीले व्यवसाय दर्ता, भण्डारण विधि, र म्याद सकिएका सामग्रीमा ध्यान दिन पुनः आग्रह गरेको छ।

अनुगमन टोलीले व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यप्रति सतर्क रहन आग्रह गर्दै सुधारका लागि मौका दिएको छ। साथै, खाद्य सुरक्षा सुनिश्चित गर्न यस्ता अनुगमन अभियान आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गरिने डिभिजन कार्यालयले जनाएको छ।

देवानगञ्जका स्थानीयवासीले यस्ता अनुगमन अभियानको प्रशंसा गर्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन व्यवसायीहरूलाई अपिल गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]