१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

नेपाल बीमा प्राधिकरणद्धारा देवानगञ्जमा बीमा सचेतना कार्यक्रम सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, भाद्र २५, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा आज सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नका लागि बीमा आवश्यक भएकाले गाउँपालिकाले नीति तथा कार्यक्रममा बीमालाई समावेश गरी अगाडि बढी रहेको जानकारी गराएका थिए । कृषी सम्बन्धि बस्तुहरुको बीमा गराउनको लागि सचेतना कार्यक्रम ल्याई आगामि आर्थिक बर्ष देखी कृर्षकहरुलाई सहुलियत हुने गरी योजनामै बीमाको कार्यक्रम राखेर खुसी किसान देवानगञ्जको पहिचान भन्ने नारालाई सार्थक प्रदान गर्न आफु कटिबद्ध रहेको बताएका थिए। अध्यक्ष मेहताले बीमा सम्बन्धी नीति तर्जूमामा प्राविधिक सहयोग गर्न नेपाल बीमा प्राधिकरणलाई आग्रह समेत गरे ।

गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादवले पालिका बाट आर्थिक सहयोग गरी विपन्न वर्ग र अशक्तलाई समेत बीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा प्रस्तुती दिएका थिए । साथै, उनले बीमा सम्बन्धी नीति तर्जूमामा प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । बीमा दाबी गर्दा आवश्यक कागजात सहित आफैले दाबी गर्नुपर्ने र विचौलियालाई त्यसको जिम्मा दिन नहुने बताउदै कुनै समस्या परेमा प्राधिकरणलाई जानकारी दिन आग्रह समेत गरे ।

सुनसरी कृर्षी बिमाको लागी तोकिएको कम्पनि श्री ओरिएन्टल इन्सोरेन्श कम्पनीका प्रमुख प्रदिप बाबु तिवारीले कृर्षी बीमा सम्बन्धि जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बाली बीमा गर्न नमानेको, गाडीको बीमा दाबी भुक्तानीमा जटिलता रहेको, दाबी सम्बन्धी समस्या हल नभएको, बीमाका बारेमा जानकारी नपाएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रमाको सञ्चालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका साहयक निर्देशक पुष्पा खनालले गर्नु् भएको थियो भने सञ्चालनमा सहयोग साहयक प्रथम बिजय लिम्बुले गरेका थिए ।

कार्यक्रममा सम्बन्धित गाउँपालिकाका वडा अध्यक्ष, सदस्य, कर्मचारी, विभिन्न बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र प्रतिनिधि, अगुवा कृषक, सहकारी संस्थाका प्रतिनिधि, स्थानिय बैंक शाखाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बीमा प्राधिकरणको तर्फबाट पालिका अध्यक्ष र उपाध्यक्ष लाई सम्मान गरी मायाको चिनो समेत प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]