०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

देवानगञ्जमा ट्राफिक चेकिङ पोस्ट स्थापना

नियम उल्लंघन गर्नेहरूमाथि कारवाही सुरू
Logo
जुगेस दास प्रकाशित बुधबार, मंसिर १९, २०८१

तस्विर : जुगेस दास

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिकामा आजदेखि ट्राफिक चेकिङ पोस्ट स्थापना गरी सवारी चालक अनुमतिपत्र (लाईसेन्स), सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक), र हेलमेट नभएकाहरूमाथि कडा कारवाही थालिएको छ। पुरानो इलाका प्रहरी कार्यालय अगाडि र कार्यालय पछाडि दुबै बाटोमा चेक पोस्ट राखी ट्राफिक चेकजाँच गरिँदै आएको छ।

 

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बिष्टको नेतृत्वमा आजबाट लागू गरिएको यो अभियानको उद्देश्य सवारी दुर्घटना न्युनिकरण गर्नु र अवैध सवारी साधन चोरीजस्ता अपराधलाई नियन्त्रण गर्नु रहेको छ।

प्रहरी निरीक्षक बिष्टका अनुसार पछिल्लो समय दुर्घटनाको दर बढ्दै गएको र सवारी साधन चोरीका घटनाहरू बढ्न थालेपछि यो कदम चालिएको हो। “सवारी साधनलाई व्यवस्थित बनाउन र सडक सुरक्षालाई सुनिश्चित गर्न हामीले यो विशेष चेकिङ अभियान सुरु गरेका छौं,” बिष्टले बताए।

चेकजाँचका क्रममा नियम उल्लंघन गर्नेहरूलाई उचित कारवाही गरिने र सवारी नियम पालना गर्न सबैलाई अपिल गरिएको छ। यस कदमले दुर्घटनाको दर घटाउन र सडक सुरक्षा सुधार गर्न सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]