०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

देवानगञ्जका किसानलाई अनुदानमा गहुँको बिउ वितरण सुरु

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, मंसिर २०, २०८१

तस्विर : नमो अनलाईन

सुनसरी । देवानगञ्जकाका किसानलाई अनुदानमा गहुँको बिउ वितरण सुरु गरिएको छ ।

पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिहीबारबाट ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु भएको हो ।

गाउँपालिकाले गत वर्ष पनि गहुँको बिउमा ५० प्रतिशत अनुदान दिएको थियो । किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार गहुँको बिउमा अनुदान दिइएको पालिका प्रमुख बेचनप्रसाद मेहताले बताउनुभयो ।

वडा अनुसार गहँको कोटा निर्धारण गरी किसानबाट माग परिमाण संकलन गरेर कृषि सेवा शाखा मार्फत् बिउ वितरण गरिएको हो । गाउँपालिकाले यसअघि सूचना जारी गरी आफूलाई चाहिने गहुँको बिउको विवरण वडा कार्यालयमा टिपाउन किसानलाई जानकारी गराएको थियो ।

गाउँपालिकाले एनएल ९६१ जातको उन्नत गहुँको बिउ उपलब्ध गराएको हो । बिहीबार गाउँपालिका परिषरमा कृषि सेवा शाखाले एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिका प्रमुख बेचनप्रसाद मेहता, उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रसाशकीय अधिकृत सुधिर साफि, वडा नं. ६ का वडा अध्यक्ष हरिनन्दन मेहताले किसानहरुलाई एक÷एक बोरा बिउ उपलब्ध गराएर वितरण कार्य सुरु गरेका थिए ।

गहुँको बिउ वितरणको व्यवस्थापन कृषि सेवा शाखा र सिनुवारी महिला कृषि सहकारी संस्था लि. को सहकार्यमा भएको छ । कृर्षकहरुबाट माग भएर आए अनुसार यस वर्ष २७९ बोरा गहुँको बिउ वितरण गरिने योजना रहेको कृषि सेवा शाखाकी कृषि स्नातक अधिकृत निसा मेहताले जानकारी दिइन् ।

देवानगञ्जमा गहुँको उत्पादन बढी हुने गरेको छ । गत वर्ष अनुदानमा उन्नत जातको बिउ दिएका कारण गहुँ उत्पादन २० प्रतिशतले बढेको कृषि विज्ञहरुको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]