०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

हरिनगरमा टिप्परको ठक्करबाट ५५ वर्षीय उराँवको मृत्यु

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, मंसिर २२, २०८१

तस्विर : नमो अनलाइन

हरिनगर । सुनसरी स्थित हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट अन्दाजी ४५ वर्षीय देवानगज गाउँपालिका वडा नम्बर – ७ का झल्लु उराँवको घटना स्थलमै मृत्यु भएको छ।

घुस्कीबाट हरिनगरा बजार तिर  सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गई राखेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करले उँरावको घटनास्थलमै मृत्यू भएको हो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार टिप्पर चालकले ठक्कर दिएपछि पुनः घुमाएर उराँवलाई किचेर मारेको आरोप लगाएका छन्।

घटनापछि अहिले हरिनगरा बजार क्षेत्र तनावग्रस्त बनेको छ। भिड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

दुई थान आस्रुज्ञास समेत हानिएको जानकारी प्राप्त भएको छ।

घटनामा संलग्न टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिनगरामा राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]