०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

नोबेल हस्पिटल अगाडिका पसलेहरु ग्राहकलाई ठग्दै, भारतीय बिरामी बढी प्रभावित

Logo
जुगेस दास प्रकाशित सोमबार, मंसिर २४, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ ।

अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले गुनासो गरेका छन्। विशेष गरी बेचन राखिएको लत्ताकपडा, खाद्यान्न तथा होटलमा पाईने खानाहरुमा आफु खुशी बिक्री मुल्य भन्दा बढी मुल्य लिने गरेको पाईएको छ ।

भारतबाट उपचारकालागि आएका बिरामीहरूले तोकेको भन्दा दोब्बर शुल्क लिने गरेको गुनासो गरेका छन्। भारतीय नागरिकहरूले नेपाली भाषामा नबोल्दा व्यवसायीहरूले उनीहरूलाई ठगी गरेको गुनासो छ। एक भारतीय नागरिकका अनुसार, पसलले सामानकने मूल्य नेपाली रुपैयाँमा बताए पनि पैसा बुझाउने बेलामा भारतीय नै सुरुमा भनेको थियो भनेर पैसा लिने गरेको छ तर जब ग्राहकले विरोध गरेपछी, पसल संचालकहरूले धम्क्याउने गरेको पाईएको छ ।

ग्राहक ठगीको यस्ता घटना रोक्नका लागि स्थानीय प्रशासन, महानगरपालिका, र उपभोक्ता हित संरक्षण निकायहरूले तत्काल अनुगमन गर्नुपर्ने देखिन्छ। पसलहरुमा मूल्य सूची राख्न लगाउनु पर्ने र तोकिएको मूल्यअनुसार बेचबिखन गर्न कडाईका साथ निर्देशन दिनु पर्ने देखिन्छ तर हाल सम्म सम्बन्धित निकायहरु मौन देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]