०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

हरिनगर गाउँपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, मंसिर २६, २०८१

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

हरिनगर। कोशी प्रदेश स्थित सुनसरीको हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाअध्यक्षतामा सम्पन्न भएको सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता गाउँपालिका आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय गाउँ सभाबाट गरिनु पर्ने भएकाले नेपालको ७५३ स्थानीय निकाय मध्ये हरिनगर गाउँपालिकाले सबै भन्दा पहिले हिउँदे गाउँ सभा गरीएको बताएका थिए।

सो अधिवेशनले वार्षिक बजेटमा परिमार्जन गर्नुका साथै बेरुजु रकम पर्छयौट सम्बन्धि निर्णय पारित गरेको छ । कागज पत्रको अभाव तथा नितिगत रुपमा महालेखा परिक्षकको कार्यालयले ठहर गरेको बेरुजु रकम रु. ८ करोड ७१ लाख बराबरको रकम लेखा समिति हुदै कार्य पालिका बैठकको निर्णय भई गाउँसभाबाट पारित गदै बेरुजु रकम पर्छयौटका लागि महालेखा परिक्षकको आउने टोली मार्फत बेरुजु रकम पर्छयौट गर्नका लागि गाउँपालिकाको गाउँसभाबाट पारित गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहणी आचार्यले बताउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]