२४ मंसिर २०८१, सोमबार
09-12-2024 , Mon
×

मठ मन्दिर र मस्जिद मदरसाको सम्पत्ति विवरण माग

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, भाद्र २८, २०८०

देवानगञ्ज । कोशी प्रदेश स्थिति सुनसरीको देवानगञ्ज गाउँपालिका २ नम्बर वडा कार्यलयले वडा भित्र रहेको मठ, मन्दिर, मस्जिद र मदरसालाई व्यवस्थित गर्न दर्ता नविकरण भए/नभएको लगायत उक्त मठ, मन्दिर, मस्जिद, मदरसाहरुको नाममा रहेको चल अचल सम्पत्तिको विवरण एक महिना भित्र बुझाउन सुचना जारी गर्दै माग गरेको छ ।

वडा कार्यालयमा यकिन विवरण न हुँदा मनोमानी रुपमा स्थानीयहरुले मठ मन्दिर तथा मस्जिदहरुको सम्पत्ति व्यक्तिगत लाभको लागि प्रयोग गर्दै आइरहेको छ। वडा भित्र रहेको मठ मन्दिर तथा मस्जिद व्यवस्थित नभएकोले सरकारी निकायबाट दिने सेवा सुविधा गलत नियतले सिमित व्यक्तिहरु निजी स्वार्थको लागि प्रयोग गरिरहेको चौतर्फी गुणासोको आधारमा उक्त निर्णय गरिएको वडाअध्यक्ष जघनारायण मेहताको भनाई रहेको छ ।

उक्त समय सिमा भित्र विवरण नबुझाएको खण्डमा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधा र विनियोजित बजेट समेत रोक्का गरिने चेतावनी समेत दिएको छ।

“उपरोक्त सम्बन्धमा देवानगञ्ज गाउँपालिका २ नं वडा कार्यालयको मिति २०८०/०५/ १९ गते बसेको बैठकको निर्णय अनुसार २ नं वडा अन्तर्गत धार्मिक मण्ठ मन्दिर
तथा मस्जिद दर्ता र नवीकरण, चल अचल श्री सम्पति विवरण खुलाई सार्वजनिक गर्ने नगरेमा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधा, विनियोजित बजेट समेत रोक्का हुने १ (एक) महिना भित्र दर्ता र नवीकरण गर्नको लागि यो सुचना प्रकाशित गरीएको व्यहोरा ” जारी गरेको सुचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]

हरिनगर । सुनसरी स्थित हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट अन्दाजी ४५ वर्षीय देवानगज गाउँपालिका वडा नम्बर – ७ का झल्लु उराँवको घटना स्थलमै मृत्यु भएको छ। घुस्कीबाट हरिनगरा बजार तिर  सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गई राखेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करले उँरावको घटनास्थलमै मृत्यू भएको हो। स्थानीय प्रत्यक्षदर्शीका […]

सुनसरी । देवानगञ्जकाका किसानलाई अनुदानमा गहुँको बिउ वितरण सुरु गरिएको छ । पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिहीबारबाट ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु भएको हो । गाउँपालिकाले गत वर्ष पनि गहुँको बिउमा ५० प्रतिशत अनुदान दिएको थियो । किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार गहुँको बिउमा अनुदान दिइएको पालिका प्रमुख बेचनप्रसाद […]