०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

देवानगञ्जबाट ३१ किलो गाँजा बरामद

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, पुष १३, २०८१

देवानगञ्ज । सशस्त्र प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पाँचोसिमर क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। भारततर्फ तस्करी गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले ३१ किलो गाँजा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट (बीओपी) कप्तानगञ्जको नियमित गस्तीका क्रममा तस्करहरूले गाँजाको बोरा छोडेर भागेपछि उक्त गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वार्टर, सुनसरीका अनुसार तस्करीमा संलग्न व्यक्ति फरार रहेका छन्। प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि तस्करीमा संलग्नको पहिचान गरी पक्राउको प्रयास जारी राखेको छ।

नेपाल–भारत खुला सिमानाका कारण देवानगञ्ज क्षेत्र तस्करीका लागि सहज मार्ग बन्ने गरेको प्रहरी स्रोतले जनाएको छ। अवैध तस्करी रोक्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी अभियान सञ्चालन गर्दै आएको छ। तर, सीमामा जनशक्ति र स्रोत–साधनको अभावले तस्करी रोक्न थप चुनौती भएको सशस्त्र प्रहरी नायव उपरीक्षक बिरेन्द्र खनालले जानकारी दिए।

गाँजा तस्करी रोक्न स्थानीयवासीको सहकार्य आवश्यक रहेको प्रहरीको भनाइ छ। “स्थानीयले सूचना दिएमा प्रहरीको अभियान अझ प्रभावकारी हुनेछ,” नायव उपरीक्षक खनालले भने।

बरामद गरिएको गाँजाको बजार मूल्य लाखौँ रुपैयाँ पर्ने अनुमान गरिएको छ। तस्करी नियन्त्रणका लागि प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी अझ कडा बनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]