१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

पालिका अध्यक्ष बेचन मेहता सहित दुई जना सम्मानित

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, भाद्र २८, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता सहित अन्य दुई जना कुश जयन्तीको अवसरमा सम्मानित भएका छन् ।

नेपाल कुशवाहा कल्याण समाजको जिल्ला सदस्य एवं नेपाल कुशवाहा बिधार्थी कल्याण समाजको सल्लाहकारका साथै जनता समाजवादी पार्टीको तर्फबाट देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा निवार्चित भएका बेचन प्रसाद मेहताले समाजमा विभिन्न क्षेत्रमा काम गरेर पुर्‍याउएको उच्च योगदानलाई कदर गर्दै सम्मान गरिएको हो ।

त्यस्तै नेपाली कांग्रेस ईनरुवा नगर सभापति तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघ नेपालको अध्यक्ष समेत रहेका युवा नेता राजन मेहतालाई पनि सम्मानित भएका छन् । उहाँले समाजको उत्थानको लागि बिभिन्न माध्यमबाट खेलेको भुमिकालाई कदर गर्दै सम्मान गरिएको हो ।

त्यसै गरी संगितका साथै पत्रकारीताको माध्यमबाट गरेको सहयोगको सम्मान गर्दै गायक प्रकाश अनुरागलाई समेत सम्मान गरिएको छ ।

कुश जयन्तीको अवसरमा कुशवाहा बचत तथा ऋण सहकारी संस्था लि. सम्पर्क कार्यालय सुनसरीले आयोजना गरेको कुश जयन्ती समारोह कार्यक्रमका बिच उहाँहरुलाई सम्मान गरिएको हो ।


प्रथम संविधान सभा सदस्य मुंगालाल मेहता प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा, कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, देवानगञ्ज गाउँपालिका ७ का वडा अध्यक्ष हरिनन्दन मेहता, जनता समाजवादी पार्टी हरिगरका अध्यक्ष धर्मविर आर्य, कुशवाहा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अर्जुन मेहता, कुशवाह समाजको बिभिन्न पदमा रहेका पदाधिकारी, लगायत बुद्धिजिवि ,समाजसेवी लगायत स्थानिय गाउँवासिको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]