०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, पुष २६, २०८१

तस्विर : नमो अनलाईन

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ ।

गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो।

सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका स्तरीय निर्णयहरु अनुमोदन, अस्थायी/करार/ज्यालादारीमा कार्यरत कर्मचारीहरुको म्याद थप, कार्यविधि/मापदण्ड र निर्देशिका अनुमोदन, म्याद थप, बेरुजु सम्परीक्षण, प्रतिबद्धता तथा आर्थिक बर्ष २०८१/८२ को १५ औँ गाउँसभाबाट परित भएका बजेट संसोधन लागायतका प्रतावहरु पेश गरेका थिए । सभाले उत्त प्रस्तावहरुमाथी छलफल गर्दै पारित गरेका थिए ।

सभामा गाउँपालिकाका जनप्रतिनिधिले आफना भानाईहरु राख्दै समग्र गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक, शैक्षिक र साँस्कृतिक विकासका लागी पालिका अगाडी बढेको बताएका थिए ।

सभाले संसोधित बजेट, नीति, तथा कार्यक्रमहरूको प्रस्तुति र अनुमोदन गरेका छन् । गाउँपालिकाको विकास र समृद्धिका लागि आगामी योजनाहरू तय गरिएको छ।

गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले गाउँपालिकाको प्रगति, चुनौती, र अवसरहरूको समीक्षा गर्दै जनताको समग्र विकासको कुराको महत्त्वमाथि प्रकाश पारेका थिए। उनले आगामी योजनाहरू सफल बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताएका थिए।

प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीले गाउँपालिकाको प्रशासनिक कामकारवाहीको बारेमा बताउँदै गाउँसभाले अनुमोदन गरेका कार्यक्रमहरु जनप्रतिनिधिले राखेको अपेक्षा अनुरुप धरातलमा उतारने कुरामा सबैलाई ढुक्क रहन आग्रह गरेका थिए।

गाउँसभामा सहभागी जनप्रतिनिधि, कर्मचारी, तथा स्थानीय नागरिकहरूले विभिन्न विषयमा आफ्ना सुझाव र सल्लाहहरू प्रस्तुत गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]