०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बर्जुमा सुरु

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, फाल्गुण ०८, २०८१

तस्विर : नमो अनलाइन

बर्जु । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाको आयोजनामा पालिकास्तरीय ७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

बर्जु – ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले गर्नु भयो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए। निस्पक्ष खेल गराउन‌ खेलका कोचहरुलाई कडा निर्देशन दिएका थिए । बर्जु गाउँपालिकाकाले विद्यार्थीहरुको शारीरिक, मानसिक तथा छमता अभिवृद्धि गर्न विभिन्न योजनाहरू ल्याइरहेको छ सोही अनुरूप यो खेलको आयोजन गरिएको बताएका थिए ‌।

कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष नितु कुमारी चौधरीले विद्यार्थीको लागि शिक्षा जस्तै खेलकुद पनि आवश्यक रहेको बताउनुभयो। खेलकुदले विद्यार्थीमा आत्मविश्वास बढाउ छ। सामुहिक रुपमा कार्य गर्न प्रेरित गर्दछ। जस्ले गर्दा असल व्यतित्वको निर्माण समेत हुने बताएका थिए।

कार्यक्रममा गउँपालिकाको शिक्षा शाखा प्रविधिक साहायक हेमराज दाहालले पालिकाका सबै विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए। उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने बताए।

 

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाको आयोजनामा पालिकास्तरीय ७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बर्जु – ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले गर्नु भयो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद […]

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा […]

इटहरि । सुनसरीको इटहरिमा जारि १४ औ कोशि प्रदेश स्तरिय अन्तर जिल्ला रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । तिन दिन सम्म संचालित खेल मा विभिन्न बिधामा बिभिन्न जिल्ला बाट उपस्थित खेलाडिहरु ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कार जित्न सफल भएका छन् । क्रमशः बिधालय, स्थानिय पालिका, जिल्ला हुदै प्रादेशिक प्रतिस्पर्धा […]