०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

बर्जुमा बजार अनुगमनः म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ ।

गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तुहरू बिक्री वितरण गरिरहेको गुनासो बढ्दै आएपछि अनुगमन गरिएको बर्जु गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक नितु कुमारी चौधरीले बताउनु भयो ।

बजार अनुगमनमा ९२ वटा पसलमा अनुगमन गरिएको र केही पसललाई सुधारका लागि लिखित निर्देशन दिँदै गुणस्तरियता अनुसारको स्टिगर टाँस गर्दै आगामी दिनमा सुधार नदेखिएमा जरिबाना गर्ने गरी सचेत गराइएको चौधरीले बताउनुभयो ।

अनुगमनका क्रममा व्यापारीहरूले व्यवसाय दर्ता, नवीकरण, मूल्यसूची, कर चुक्ता र बिलजस्ता कुराहरू लागु नगरेको पाइएकाले त्यस्ता व्यवसायीलाई प्रचलित कानुनले निर्धारण गरेका आवश्यक कागजात चुस्तदुरुस्त राख्न र आवश्यक सुधारका लागि सुझाव दिइएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा एक लाख ३२ हजार बराबरको म्याद गुज्रेका खाद्यवस्तुहरू बरामद गरेर नष्ट गरिएको छ ।

पहिलो चरणमा सचेत गराइएको बताउँदै स्वास्थ्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएकाले आगामी दिनमा त्यस्तो पाइएमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने चौधरीले चेतावनीसमेत दिनुभएको छ ।

अनुगमनका क्रममा किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल तथा होटेलहरूमा अनुगमन गरिएको थियो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्रीवितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको न्यायिक समिति शाखामा कार्यरता निता कुमारी चौधरीले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा सबै भन्दा बढी म्याद गुज्रेको समानहरुमा पेय पदार्थहरु फेला पारिएको थियो । गर्मी यामको सुरुवात भएकोले अधिकांस पसलहरुमा म्याद गुज्रेका पेय पदार्थ बिक्री वितरणको लागि राखिएको पाईएको थियो । अधिकांस उपभोक्ताले मिति नहेरी सामान खरिद गर्ने गरेको मौका छोपी पसलेहरुले म्याद गुज्रेका खाध्यान्न समाग्री बिक्री गरिरहेकोले त्यस्ता समान जफत गरी आज नष्ट गरिएको छ ।

तिन दिन सम्म बर्जु गाउँपालिकाकी उपाध्यक्ष नितु कुमारी चौधरीको नेतृत्वमा गरिएको अनुगमनमा ईलाका प्रशासन कार्यालय हरिनगर, जिल्ला स्वास्थ्य कार्यालय सुनसरी, नापतौल विभाग विराटनगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय समाजिक संस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]