१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन नेपाल शिक्षक महासंघले गर्यो सर्कुलर जारी

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, भाद्र २८, २०८०

तस्विर : फाईल

देवानगञ्ज । नेपाल शिक्षक महासंघले असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ । संसदमा पेश गरिएको विद्यालय शिक्षा ऐन २०८० मस्यौदाको विरोधमा महासंघले आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रम अन्तर्गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन गर्ने घोषणा गरेको हो ।

महासंघले विज्ञप्ती जारी गर्दै आफूले उठान गरेका मागहरु मस्यौदामा नसमेटिएको जनाएको छ । देशभरका शिक्षक कर्मचारीहरुलाई असोज ३ गतेभित्र सडक आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गरेर काठमाडौं आउन सर्कुलरनै जारी गरेको छ ।

महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा महासंघसँग सरकारले गरेका विभिन्न सम्झौता अनुसार ऐनमा नसमेटिएको जनाएका छन् ।

नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विभिन्न समयमा सम्झौताहरु भएका थिए । संसद्मा पेश गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षक–कर्मचारीका माग र हकहितको प्रतिकूल देखिएको महासंघले जनाएको छ ।

विधेयकले स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको महासंघले ठहर गरेको छ ।

नेपालको संविधानले प्रदान गरेको ट्रेड युनियन अधिकार माथि समेत अङ्कुश लगाउन खोजेको महासंघको आरोप छ ।

सुचना अनुसार आन्दोलनमा सहभागी हुन आईपर्ने आर्थिक तथा भौतिक व्यवस्थापनको सबै काम जिल्लागत रुपमानै प्रबन्ध मिलाउन समेत महासंघले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]