१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

जनता माध्यमिक विद्यालयमा भव्यताका साथ बालदिवस सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

हरिनगर । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाई रहेका छन् । सोही अवसरमा सुनसरीको हरिनगर गाउँपालिका वडा नं. – ३ गौतमपुर स्थिति रहेको श्री जनता माध्यमिक विद्यालयले भव्य कार्यक्रमको आयोजना गरी हर्सो उल्लासका साथ बालदिवस मनाएका छन् ।

बाल दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा वक्तित्वकला प्रतियोगिताका साथै विभिन्न प्रतियोगितामा सहभागी भएकाहरुलाई पुरस्कार वितरण गर्दै बिद्यालय तथा शिक्षा क्षेत्रको विकासमा विभिन्न व्यक्तित्वहरुले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न साँस्कृतक तथा आधुनिक गितहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले बालबालिकाको हकहित, अधिकार संरक्षण तथा सवर्द्धनका लागि पालिका सदैव अगाडि रहेको बताएका छन् । बालबालिकामा लगानी गरी विशेष संरक्षणको आवश्यकता भएकाले बालबालिका केन्दित बिभिन्न कार्यक्रमहरु ल्याउने बताउनु भयो । हरिनगर गाउँपालिका भित्र रहेको बिद्यालयहरुको एकरूपता रुपमा विकास हुँदै गरेको अवस्थामा रहेको छ । तसर्थ त्यसको व्यवस्थापन तथा संरक्षणका निमित्त सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । बालबालिकाको सर्वाङ्गीण विकासमा सबै एकजुट भई उनिहरु भित्र रहेको प्रतिभालाई बाहिर ल्याई त्यसको मुल्यांकन गरी हौसला प्रदान गर्न बालदिवसको अवसरमा भव्य कार्यक्रमको आयोजना गरिएको शिक्षक तथा समाजसेवी अजित मलिक (भानू) ले जानकारी दिनुभयो ।

कार्यक्रममा हरिनगर गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष अरबिन्द मेहता, कार्यपालिका सदस्य, शिक्षा शाखा प्रमुख, शिक्षक, बिद्यार्थी, समाजसेवी, बुद्धिजीवि लगायत स्थानीय बासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी क्याम्पसले अघिल्लो शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना गर्न सकेन । सहकारी मोडलमा सञ्चालित कलेजले विएसी एजीका विद्यार्थी पाउन छाडेको हो । विश्वविद्यालयले एक पटक मात्र प्रवेश परीक्षा लिने र अधिकांश विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्दा समस्या बढ्दै गएको छ । कृषि तथा वन विज्ञान […]

बिराटनगर । लगातार तिन दिन देखि UCMS भैरवाहाका विधर्थीहरु प्रिन्सिपल लाई मेडिकल कलेज भित्रै कैद गरी बिभिन्न माग राखी आन्दोलनमा छन्। UCMS मिति २०८० असोज २४ गते बुधवार सुचना जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुलाई वार्तामा आउन अह्वान गरेपनि बिधार्थीहरुले प्रिन्सिपललाई कैद मुक्त नगरी आन्दोलनलाई जारी राखेको छ। यता बिद्यार्थीहरुले व्यक्तिगत रिसिबिसीका कारण प्रिन्सिपललाई थुनिएको आन्दोलन गरिरहेकै […]

हरिनगर । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाई रहेका छन् । सोही अवसरमा सुनसरीको हरिनगर गाउँपालिका वडा नं. – ३ गौतमपुर स्थिति रहेको श्री जनता माध्यमिक विद्यालयले भव्य कार्यक्रमको आयोजना गरी हर्सो उल्लासका साथ बालदिवस मनाएका छन् […]