१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

छोराले उपचार नपाएपछि ऋचाको आक्रोश : चिकित्सालय पैसा कमाउने भाँडो

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

काठमाडौं । हक्की स्वभावकी छिन् अभिनेत्री ऋचा शर्मा । मनमा लागेको कुरा भनिहाल्ने उनको बानी छ । आफ्नो सामाजिक सञ्जाल पछिल्लो पोस्टमा ऋचाले नेपालका अस्पताल र स्वास्थ्यकर्मीको व्यवहारप्रति आक्रोश पोखेकी छन् ।

छोरा आभ्यान लडेर टाउकोमा चोट लागेपछि ऋचा चण्डोलको कोपिला क्लिनिकमा पुगेकी थिइन् । त्यहाँका कर्मचारीले गरेको व्यवहारप्रति ऋचा क्रुद्ध बनेकी हुन् । इन्स्टाग्राममा उनले यो अनुभवलाई फ्यानमाझ सेयर गरेकी छन् ।

उनी लेख्छिन्, ‘आज बिहान ११स्३० मा छोरा आभ्यानको प्रि–स्कुलमा मेचबाट लडेर टाउकोमा चोट लागेको र टुटुलको आएको छ भनेर फोन आएपछि म केही मिनेटमै त्यहाँ पुगें । म त्यहाँ पुग्दा छोरा दुखेर रोइरहेको देखेपछि मैले स्कुलको प्रधानाध्यापिकासँग मिलेर त्यहाँबाट मात्र दुई घर पर चन्डोलस्थित कोपिला क्लिनिक लिएर गएँ । त्यहाँ पुग्ने बित्तिकै रिसेप्सनमा मैले इमरजेन्सीमा डाक्टर बोलाइदिनुस् मेरो बच्चालाई चोट लागेको छ भन्दा ‘हुन्छ तर पहिला मेम्बरसिप रजिस्ट्रेसन गराउनुहोस् किनकि यो तपाईंको पहिलो चोटि हो । रेजिस्ट्रेसन शुल्क ४ हजार ८०० र थप डाक्टर जाँच शुल्क’ भन्ने जवाफ पाएँ । मैले ‘म त्यो सब गरुँला पहिला डाक्टर बोलाइदिनुस्’ भन्दा फेरि ‘पहिला रेजिस्ट्रेसन गर्नुस् भन्दा मलाई त्यो व्यवहारदेखि घिन नै लागेर आयो ।’

ऋचा थप लेख्छिन्, ‘मैले मेरो बच्चालाई लिएर तुरुन्त उसलाई देखाइरहेको डाक्टरका लगें । कुरा ४५ सयको थिएन, कुरा एउटा बच्चाको चिकित्सालय जस्तो ठाउँ, त्यो पनि निजी सुविधा विश्वास दिलाउने ठाउँमा चिकित्सालयलाई एउटा बच्चाको स्वास्थ्य भन्दा पैसा कमाउने भाँडो बनाउने दुःखद दुष्प्रयासको थियो । कुरा चोट कत्तिको थियो होइन, कुरा कुनै पनि बिरामीले पाउनुपर्ने आकस्मिक र आपातकालीन अवस्थामा मेडिकल सुविधाको थियो । म बोल्दैछु किनकि कति आमा र बिरामीका परिवारले त कस्तो विपत आइपर्दा पनि बोल्ने ठाउँसम्म पाउँदैनन् । आज एउटा नायिका होइन, एउटा आमाको गुनासो हो र एउटा सचेत नागरिकको ।’

फिल्म ‘फस्ट लभ’बाट नेपाली फिल्ममा डेब्यु गरी ऋचा पछिल्लो समय छोरा आभ्यानलाई हुर्काइरहेकी छन् । उनी छोराको स्याहारसुसारप्रति समर्पित पनि रहेको देखिन्छ । ऋचाको पछिल्लो फिल्म ‘चि मुसी ची’ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वर्ल्डलिङ्क’लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै […]

हरिनगर । नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो। टिकटकले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्। […]

काठमाडौं । बलिउडका चर्चित अभिनेताको रूपमा चिनिँदै आएका अजय देवगनले अहिलेसम्म सय भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। फिल्ममा अभिनयलाई प्राथमिकता दिँदै आएका उनी आफ्ना फिल्मको प्रचारप्रसारमा देखिन्छन्। अजयले अभिनय गरेका पुराना फिल्महरू अझै पनि चर्चामा छन्। बलिउड फिल्मकर्मी पुरानो फिल्मको सिक्वेल बनाएर धेरै आम्दानी गर्दै आएको देखिन्छ। यसै क्रममा अजयको फिल्म ‘दीवानगी’ को सिक्वेल बन्ने भएको छ। यस फिल्मलाई अनिस बज्मीले निर्देशन […]