१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

धार्मिक संस्थाको विरोधपछि नाटक ‘ह राम पण्डित’को नाम परिवर्तन

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

काठमाडौं । हिन्दु धार्मिक संघसंस्थाको विरोधपछि नाटक ‘ह राम पण्डित’को नाम परिवर्तन गरिएको छ । नाटकको शीर्षकले साम्प्रदायिक विद्वेष फैलाएको भन्दै हिन्दु जागरण पार्टी र शिव सेना नेपाल विरोधमा उत्रिएका थिए ।

अब यो नाटकको नाम ‘ह बिन्दु राम पण्डित’ राखिएको छ । ती धार्मिक संस्थाको विरोधपछि बिहीबार नाटकको शो प्रभावित भयो । नाम परिवर्तन गरिएपछि शुक्रबार बेलुकादेखि नियमित मञ्चन गरिने शिल्पी थिएटर र निर्माण संस्था दैलो प्रोडक्सनले जनाएको छ ।

भैरव अर्यालको कृतिमा आधारित भनिएको यो नाटकको निर्देशक बारत लिम्बू हुन् । उनले नाटकलाई लिएर भएको विवादमा प्रतिक्रिया दिन चाहेनन् । तर सामाजिक सद्भाव कायम राख्न आफूहरुले नाटकको नाम परिवर्तन गरिएको दैलो प्रोडक्सनका म्यानेजर अनुराग ढकालले बताए ।

‘शीर्षकबाहेक अरु केही पनि परिवर्तन भएको छैन । हिजो केहीबेर डिस्टर्ब भयो,’ ढकालले भने, ‘अब नियमित नाटक मञ्चन हुनेछ ।’ शिल्पी थिएटरले पनि सामाजिक सञ्जालमार्फत नाटकको नाम परिवर्तन भएको र अब नियमित मञ्चन हुने जनाएको छ । शिल्पीका अनुसार यो नाटक भदौ २७ देखि असोज १३ गतेसम्म नियमित मञ्चन हुनेछ ।

हिन्दु धार्मिक संस्थाको विरोधपछि गत साता झरना थापा निर्देशित फिल्मको नाम परिवर्तन गरेर ‘एक भगवत् र एक गीता ९सामाजिक कथा० राखिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वर्ल्डलिङ्क’लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै […]

हरिनगर । नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो। टिकटकले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्। […]

काठमाडौं । बलिउडका चर्चित अभिनेताको रूपमा चिनिँदै आएका अजय देवगनले अहिलेसम्म सय भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। फिल्ममा अभिनयलाई प्राथमिकता दिँदै आएका उनी आफ्ना फिल्मको प्रचारप्रसारमा देखिन्छन्। अजयले अभिनय गरेका पुराना फिल्महरू अझै पनि चर्चामा छन्। बलिउड फिल्मकर्मी पुरानो फिल्मको सिक्वेल बनाएर धेरै आम्दानी गर्दै आएको देखिन्छ। यसै क्रममा अजयको फिल्म ‘दीवानगी’ को सिक्वेल बन्ने भएको छ। यस फिल्मलाई अनिस बज्मीले निर्देशन […]