१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

हल सञ्चालक बनेपछि दीपकराज गिरीको घोषणा : प्रदर्शक र निर्माताले ५०-५० प्रतिशत सेयर बाँड्ने

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

काठमाडौं । हल सञ्चालक बनेपछि दीपकराज गिरीले प्रदर्शक र निर्मातालाई राहत दिने एक महत्वपूर्ण घोषणा गरेका छन् । शुक्रबारदेखि नयाँ बानेश्वरमा सञ्चालनमा आएको आफ्नो लगानीको हल ‘एनबी सेन्टर’को उद्घाटनको क्रममा बोल्दै उनले यो हलबाट निर्माता र प्रदर्शकले ५०(५० प्रतिशत हिस्सा ९सेयर० पाउने बताए ।

दीपकले भने, ‘आजकै मितिबाट यो हलबाट निर्माता र हलको ५०–५० प्रतिशत सेयर बाँडफाँट गर्ने घोषणा गर्छौं । पछिका दिनमा अरु हलले पनि लागू गरुन् ।’
उनले शो बाँडफाँटमा हलको व्यवस्थापक कम्पनी आईएनआईलाई हस्तक्षेप नगर्ने बताए । ‘शो बाँडफाँटमा हामी हस्तक्षेप गर्ने पक्षमा छैनौं । सबै आईएनआईले हेर्छ । सिनेमाले व्यापार नै गरेका छैन भने माया प्रेमले मात्र फिल्म चल्दैन । फिल्मले राम्रो व्यापार गर्नुपर्‍यो । राम्रो व्यापार गर्दागर्दै नेपाली फिल्मले स्थान नपाउनुपर्ने अवस्था नआओस् । यसतर्फ हाम्रो कोसिस रहन्छ,’ दीपकले भने ।

उनले यसो भनिरहँदा समारोहमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन लगायतका पदाधिकारी थिए । दीपकले उक्त घोषणा गर्दा ताली बजेको थियो । लामो समयदेखि चलचित्र संघ र निर्माता संघबीच सेयर बाँडफाँटको मुद्दालाई लिएर मतभिन्नता रहँदै आएको छ ।

दीपकले उक्त घोषणा गरेपछि उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि दीपक(दीपाको समूहलाई बधाई दिए । ‘निर्माता र हलबीचको रिभेन्यु सेयरिङमा नयाँ कुराको सुरुवातको लागि बधाई । यो क्षेत्रमा लाग्ने सबैको लागि राम्रो सुरुवात भएको छ,’ ढकालले भने ।

अभिनेता हरिवंश आचार्यले सेयर बाँडफाँटको घोषणाले आफू हर्षित भएको भन्दै यो नियमलाई देशभरका सबै हलमा लागू गर्न जरुरी रहेको बताए । दीपकको उक्त घोषणापछि अनलाइनखबरसँग कुरा गर्दै चलचित्र संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले सेयर बाँडफाँटको कुरालाई देशव्यापी लागू गराउनेतर्फ पहल गर्ने बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वर्ल्डलिङ्क’लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै […]

हरिनगर । नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो। टिकटकले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्। […]

काठमाडौं । बलिउडका चर्चित अभिनेताको रूपमा चिनिँदै आएका अजय देवगनले अहिलेसम्म सय भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। फिल्ममा अभिनयलाई प्राथमिकता दिँदै आएका उनी आफ्ना फिल्मको प्रचारप्रसारमा देखिन्छन्। अजयले अभिनय गरेका पुराना फिल्महरू अझै पनि चर्चामा छन्। बलिउड फिल्मकर्मी पुरानो फिल्मको सिक्वेल बनाएर धेरै आम्दानी गर्दै आएको देखिन्छ। यसै क्रममा अजयको फिल्म ‘दीवानगी’ को सिक्वेल बन्ने भएको छ। यस फिल्मलाई अनिस बज्मीले निर्देशन […]