१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue
×

विश्व ओलम्पियन सम्मेलनमा भाग लिन दीपक विष्ट टर्की प्रस्थान

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

काठमाडौं । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा यही सेप्टेम्बर १६ र १७ तारिखमा हुन लागेको उक्त सम्मेलनमा विश्वभरबाट १ सय ५० जना भन्दा वढी ओलम्पियनहरु सहभागी हुदैछन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दीपक विष्टलाई विदाई गरे ।

अध्यक्ष विष्टले उक्त सम्मेलनमा नेपाल ओलम्पियन संघले विगत २ वर्षमा गरेका गतिविधिहरु प्रस्तुत गर्नेछन् । साथै उनले एसियाली ओलम्पियनहरुको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव पेश गर्ने बताएका छन्।

विष्टले भने, ‘ओलम्पियनहरुको एसियाली सम्मेलन नेपालमा आयोजना गर्ने हाम्रो उद्देश्य छ हामीले त्यहाँ नेपालमा त्यसको आयोजनाको प्रस्ताव राख्नेछौं ।’

यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले विष्टको सहभागिताको सफलताको कामना गर्दै नेपालमा ओलम्पियनहरुको सम्मेलन प्रस्ताव पारित भएमा सक्दो सहयोग गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको […]

बिराटनगर । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल ओमानसँग पराजित  भएको छ । आइतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले […]

बिराटनगर । हाल भई रहेको ICC Men’s T20 World Cup 2024 Aisa Qualifier खेलमा नेपाल सेमिफाइनलमा पुगी सकेको छ जसले हामी सवैलाई हर्षित पारेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमी फाइनलमा नेपाल राष्ट्रिय टोलीले विजय हाँसिल गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ नोवेल मेडिकल कलेज […]