२८ आश्विन २०८१, सोमबार
14-10-2024 , Mon
×

सावित्राको गोलमा हापोएल रानानाको बराबरी

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी स्टार सावित्रा भण्डारी ९साम्बा०को गोलमा इजरायली शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानाले हापोएल पेटा टिक्भासँग १(१ को बराबरी खेलेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा हापोएल रानानाले अग्रता लिए पनि जोगाउन सकेन । तर हापोएल रानानाकी गोलकिपरले पेनाल्टी बचाउँदै संकट टारिन् ।

सावित्राले खेलको ६० औं मिनेटमा गोल गर्दै हापोएल रानानालाई अग्रता दिलाएकी थिइन् । उक्त अग्रता लामो समय टिकेन । लि फाल्कनले पेटा टिक्भाका लागि ६५ मिनेटमा बराबर गोल फर्काए ।

हापोएल रानानाकी गोलकिपरले ८१ मिनेटमा पेनाल्टी बचाइन् ।

पहिलो खेल जितेको हापोएलको यस बराबरीपछि दुई खेलबाट ४ अंक छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा […]

इटहरि । सुनसरीको इटहरिमा जारि १४ औ कोशि प्रदेश स्तरिय अन्तर जिल्ला रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । तिन दिन सम्म संचालित खेल मा विभिन्न बिधामा बिभिन्न जिल्ला बाट उपस्थित खेलाडिहरु ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कार जित्न सफल भएका छन् । क्रमशः बिधालय, स्थानिय पालिका, जिल्ला हुदै प्रादेशिक प्रतिस्पर्धा […]

आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो। बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके।  ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले १०० बल खेल्दा ६ चौका प्रहार गरे। खराब सुरूवात […]