०३ आश्विन २०८१, बिहिबार
19-09-2024 , Thu
×

अमेरिकालाई देखाउन पुटिन र किमले रेडवाइनदेखि राइफलसम्म साटे

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

एजेन्सी । चार वर्पपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोन उन आमनेसामने भए । पुटिन र किम दुबैले अन्तरिक्ष केन्द्र नियाले ।

नियाल्ने काम सकेपछि दुवैले रेड वाइन चियर्स गरे । यस्तो लाग्थ्यो की दुबै मुलुक अन्तर्राष्ट्रिय दायराबाट एक्लिँदा पनि उत्सव मनाइरहेछन् । यी दुई शासकको भेट अझै सकिएको छैन । घर फर्कनुअघि किमले रुसको प्रविधिमा निर्मित युद्धपोत, हवाई उद्योग, सैन्य इलाका लगायतका क्षेत्रको भ्रमण गर्नेछन् ।

जसै किम जोन उन बख्तरबन्द रेलमा रुसतर्फ अघि बढे पश्चिमा मिडियामा निकै हलचल मच्चिएको थियो । पश्चिमा मिडियालाई उनले अनुमानकै सूचनामा घुमाइरहे । यात्राको ४० घण्टापछि रुसको सुदूरपूर्वमा रहेको अन्तरिक्ष केन्द्रमा किम जोन उत्रिएका थिए ।

दुई नेताले के विषयमा कुरा गरे अझै एकिन गर्ने स्थिति छैन । तर उनीहरुले अमेरिकी चेतावनीबारे पक्कै बहस गरेका छन् । किनभने किम जोन उन जसै उत्तर कोरियाबाट रुसतर्फ अघि बढे उनले ह्वाइटहाउसको चेतावनी व्यहोरे ।

ह्वाइटहाउसले भनेको थियो, ‘उत्तर कोरियाले रुसलाई कुनै पनि हतियार प्रदान गरेमा वा सैन्य सम्झौता गरेमा उसले त्यसको मूल्य चुकाउनेछ ।’ पुटिन र किममा साझा कुरा धेरै छन् । दुबै अधिनायकवादी शासक हुन् । उनीहरु शक्ति प्रदर्शनमा रमाउँछन् । यसपटक पनि उनको रुस भ्रमणको अति नै चर्चा भयो ।

हुन पनि मस्को पुगेपछि उनै किमले पश्चिमालाई देखाउनैका लागि भए पनि मैत्री आदानप्रदान गरेको सन्देश दिए । त्यसका लागि उनले पुटिनसँग सँगै रेडवाइन र शेरी पिए । अनि भ्रातृत्व र मित्रताको सन्देश दिन एक–एकवटा राइफल साटासाट गरे ।

भूराजनीतिक मञ्चमा निकै हलचल मच्चाउन उनी सफल भए । उनको यस भ्रमण र उत्तर कोरियाबारे जानकार सराह सोन भन्छन्, ‘किमले जोन उनले रुस भ्रमण गरेर भूराजनीतिक मञ्चमा हलचल ल्याए । उसको सामर्थ्यभन्दा बढी नै चर्चा मिडियामा भयो ।’

यो भ्रमणको स्वार्थबारे सोन भन्छन्, ‘अन्तर्राष्ट्रिय प्रतिबन्ध कडा रहेको अवस्थामा उत्तर कोरियालाई रूसले आम्दानीको बाटो दिँदैछ र किम जोन उन विश्वको ध्यान आकृष्ट गर्नसक्ने नेता हुन् भनेर पुष्टि पनि गर्न खोजिँदैछ ।’

दुई नेताको भेट हुनु एक घण्टा अघि प्योङयाङ्बाट दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार भएका थियो । पोङयाङले पहिलोपटक आफ्नो नेता मुलुक बाहिर रहँदा हतियार पड्काएको हो । सम्भवत भेटको खुशी र सम्झौतामा आशावादी हुँदै त्यसको सम्मान स्वरूप परीक्षण भएको हुनसक्छ ।

तर दुई मुलुकबीच हुने भनिएको सम्झौता वास्तविक हो वा हल्ला मात्रै हो भन्ने यकिन गर्ने स्थिति छैन । ‘यो भ्रमण पश्चिमालाई त्रास राख्न र बन्द कोठामा सम्झौताको उद्देश्यले भएको हो,’ उत्तर कोरियाली सैन्य मामिलाका अनुसन्धानकर्ता फिडोर त्रेतिस्की भन्छन् ।

दुई मुलुकबीच सम्झौता भएको अवस्थामा युक्रेनमा रुसले थप घमासान आक्रमण गर्ने त्रास पश्चिमाको छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा यस्तो लाग्छ दुवै मुलुक सम्झौताका विषयलाई गोप्य राख्दै पश्चिमाहरुलाई त्रासदीमा राख्दैछन् । नेपथ्यमा के भयो कसैलाई पत्तो छैन ।

प्ष्m व्यलन ग्ल बलम ख्बिमष्mष्च एगतष्ल बचभ ायिियधभम दथ तजभष्च मभभिनबतष्यलक बक तजभथ तयगच ब कउबअभ बिगलअज कष्तभ बत ख्यकतयअजलथ ऋयकmयमचयmभ यल ज्ञघरढ

सतहको विश्लेषण गर्दा खाद्य तथा हतियार सम्बन्धी कुनै सम्झौता गरेका छैनन् । उत्तर कोरियाले अन्तरिक्ष तथा भू(उपग्रहको क्षेत्रमा हात हाल्न खोजेको छ र रूसले त्यसलाई सहयोग पुर्‍याउँदैछ ।

सम्झौतालाई गुमराह राख्ने र सतहमा अर्कै विषयको प्रचारका लागि पनि दुई नेताले भ्रमणको क्षेत्र अन्तरिक्ष केन्द्र तोकेको विश्लेषण भइरहेको छ । पोङयाङले अन्तरिक्ष र भूउपग्रह प्रविधिमा यसै वर्ष दुई पटक असफलता प्राप्त गरेको छ ।

उसको प्रविधि रुसको तुलनामा दशकपछि छ । रूसले भूउपग्रह प्रविधिमा सहयोग पुर्‍याएको खण्डमा आफ्ना दुश्मनलाई नियाल्न सहज हुने उत्तर कोरियाको अपेक्षा छ ।

मस्कोले उत्तर कोरियाको आणविक प्रविधिलाई अत्याधुनिक बनाउन पनि सहयोग गर्न चाहेको थियो । यसबारे राष्ट्रसंघको सुरक्षा परिषद्ले बारम्बार निन्दा गर्दै आएको छ ।

‘प्योङयाङ र मस्कोलाई नजिकबाट नियाल्दै उपयुक्त कदम चाल्ने बेला आइसकेको छ । पुटिनले राष्ट्रसंघीय सुरक्षा परिषदमाथि चुनौती दिने काम गरेको अवस्थामा रुसमाथि पनि कडा कदम चाल्नुपर्ने देखिन्छ,’ प्राध्यापक इस्लेले भनेका छन् ।

पुटिनले युक्रेनलाई हतियार दिएर सहयोग गर्ने सिओललाई तर्साउनका लागि समेत यो कदम चालेको हुनसक्ने विश्लेषण भइरहेको छ । ‘सिओलले युक्रेनलाई हतियार उपलब्ध गराइराखेको अवस्थामा सिओल तथा पश्चिमा गठबन्धनसँग जुध्नका लागि उत्तर कोरियालाई आफूले सैन्य प्रविधिको सहयोग गर्ने सन्देश पुटिनले दिन चाहेका छन्,’ त्रितेस्कीले भने ।

दुई नेताले आफ्नो हाउभाउले पश्चिमा र त्यसका गठबन्धनलाई तर्साउन सफल भएको विश्लेषक त्रितेस्की बताउँछन् । ‘पुटिनले रूसले किमलाई उच्च प्राथमिकता दिएको विश्वस्त बनाएका छन् ।

दुवै आफ्नो स्वार्थपूर्तीका लागि केन्द्रित छन् । दुबै नेता छलको प्रयोग गर्न माहिर छन् त्यसैले उनीहरुको शब्द र हाउभाउ भन्दा पनि उनीहरुको ठोस कार्य औंल्याउन आवश्यकता छ,’ उनी भन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा […]

मध्य प्रदेश । मध्य प्रदेशको सागर जिल्लाको शाहपुरमा मुसलधारे वर्षापछि मन्दिर परिसरको जर्जर भवनको एकापट्टिको पर्खाल भत्किएर किचिँदा नौ जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण पर्खाल भत्किएर सो यो दुर्घटना भएको बताइएको छ । घटना बिहान साढे आठ बजे भएको बताइएको छ । घटनाको जानकारी पाउनासाथ नगर प्रशासन र नगरपालिकाको टोलीले घटनास्थलमा […]