१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

४ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसरी पाइन्छ लाभांश ?

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

काठमाडौँ । हालसम्म ४ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार माछापुच्छ्रे, एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकले लाभांश घोषणा गरेका हुन् ।

माछापुच्छ्रे बैंकले १३।३ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि ०।७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश वितरणका लागि ‘बुक क्लोज’को मिति असोज ८ गतेलाई तोकेको छ । अर्थात् असोज ७ गतेसम्म सेयर होल्ड गर्नेहरु मात्रै लाभांशका लागि योग्य हुनेछन् ।

त्यस्तै एभरेस्ट बैंकले १० प्रतिशत सेयर बोनस र १०।५३ प्रतिशत नगद लाभांश ९कर प्रयोजनसहित० घोषणा गरेको छ । हालै सानिमा बैंकले ९ प्रतिशत सेयर बोनस र ५।७ प्रतिशत नगद लाभांश ९कर प्रयोजनसहित० घोषणा गरेको छ । एनआईसी एसिया बैंकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १।५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकको बुक क्लोज मिति भने तय भइसकेको छैन ।

सञ्चालक समितिले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भइसकेपछि मात्रै लगानीकर्ताले पाउँछन् । नगद लाभांश आफ्नो बैंक खातामा र सेयर बोनस डिम्याट खातामा पाउँछन् । साधारणसभा हुनुभन्दा अघि नै कम्पनीले सार्वजनिक सूचनामार्फत बुक क्लोजको मिति सार्वजनिक गर्छन् । ‘बुक क्लोज’भन्दा अघिल्लो दिनसम्म सेयर खरिद वा होल्ड गरेकालाई लाभांश दिइन्छ । बैंक तथा वित्तीय संस्थाको हकमा नियामक राष्ट्र बैंकले पनि लाभांश वितरणका लागि स्वीकृति दिनुपर्दछ ।

सेयर बोनसले लगानीकर्ताको सेयर संख्या थपिन्छ । उदाहरणको रुपमा, कुनै कम्पनीले लगानीकर्तालाई १० प्रतिशत नगद र ५ प्रतिशत सेयर बोनस गरी १५ प्रतिशत लाभांश घोषणा गरेको खण्डमा, १ सय कित्ता सेयर हुने लगानीकर्ताले सो कम्पनीबाट १ हजार नगद ृ१०० ९सेयर संख्या० × १०० ९अंकित मूल्य० × १० प्रतिशत०े र ५ कित्ता थप सेयर ९१०० कित्ताको ५ प्रतिशत० पाउँछन् । सेयर बोनसपछि कम्पनीको सेयर मूल्य पनि सो अनुरुप समायोजन हुन जान्छ । अर्थात थपिएको सेयर संख्याको अनुपातमा ुबुक क्लोजुपछि मूल्य घटाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युनिलिभर नेपालले आगामी मंसिर २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटल याक एण्ड यतीमा साधारणसभा आह्वान गरेको हो । साधारणसभाले सेयरधनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ । कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो । गत आर्थिक वर्ष […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ […]

काठमाडौँ । भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले एक विशेष स्मार्टवाचमार्फत आफ्ना विमान चालकहरूको थकान वा तन्द्रा अवस्था जाँच्ने भएको छ । इन्डिगोले थकान व्यवस्थापनका प्रक्रियाहरूमा सुधार गर्न सल्लाहकारसमेत नियुक्त गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ ।   समाचार संस्था रोयटर्सका अनुसार इन्डिगोले विद्युतीय प्रणाली र उपकरणहरू बनाउने फ्रान्सेली बहुराष्ट्रिय कम्पनी थालेस ग्रुपले विकास गरेको […]