१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

इन्डिगोले स्मार्ट वाचबाट पाइलटको थकान परीक्षण गर्ने

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

काठमाडौँ । भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले एक विशेष स्मार्टवाचमार्फत आफ्ना विमान चालकहरूको थकान वा तन्द्रा अवस्था जाँच्ने भएको छ । इन्डिगोले थकान व्यवस्थापनका प्रक्रियाहरूमा सुधार गर्न सल्लाहकारसमेत नियुक्त गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ ।

 

समाचार संस्था रोयटर्सका अनुसार इन्डिगोले विद्युतीय प्रणाली र उपकरणहरू बनाउने फ्रान्सेली बहुराष्ट्रिय कम्पनी थालेस ग्रुपले विकास गरेको थकान व्यवस्थापन प्रणाली समाहित स्मार्टवाचबाट पाइलटहरूको शारीरिक र मानसिक स्वास्थ परीक्षण गर्न लागेको हो । संकलित वैयक्तिक विवरणहरू विश्लेषण गरिर उचित रणनीति बनाउने इन्डिगोका उडान सञ्चालन विभाग प्रमुख अशिम मित्त्रा पाइटहरूलाई पठाएको आन्तरिक मेमोमा उल्लेख छ । ‘पाइलटहरूको सतर्कता स्तर मापन गर्न इन्डिगोले अबको केही महिनासम्म थकान व्यवस्थापन टुल परीक्षण गर्नेछ,’ मित्त्रालाई उदृत गर्दै रोयटर्सले लेखेको छ, ‘परीक्षण सकिएपछि संकलित डाटाको प्रभावकारिता विश्लेषण गर्नेछौं ।’ यसमा पाइलटहरू स्वेच्छाले सहभागी हुनसक्ने मेमोमा भनिएको छ ।

उडान सुरु गर्नुअघि इन्डिगोका पाइलट बेहोस भई मृत्युसमेत भएको हालैको एक घटनापछि कम्पनीले थकान व्यवस्थापनलाई लिएर यस्तो कदम चालेको हो । उक्त घटनापछि कतिपय भारतीय पाइलटहरूले ड्युटी समयका नियमहरू पालना गरे पनि एयरलाइन्स प्रशासनले आफूहरूलाई दबाबमा राख्ने गरेको गुनासो गरेका थिए ।

पाइलटहरूका लागि स्वास्थ्य सल्लाहकार नियुक्त गर्नुले अबको दिनमा एउटा प्रभावकारी थकान जोखिम व्यवस्थापन प्रणाली लागू गर्न महत्त्वपूर्ण भूमिका खेल्ने इन्डिगोकोको अपेक्षा छ । यसले एयरलाइनलाई थकान न्यूनीकरणसम्बन्धी रणनीति विकास गर्न सक्षम बनाउने मित्त्राको भनाइ छ । रोयटर्सका अनुसार दिल्ली र मुम्बईसहित चार एयरपोर्टहरूमा अन(ग्राउन्ड उपकरण, स्मार्टवाच र क्यामेराहरूको स्वेच्छिक प्रयोगमार्फत परीक्षण गरिनेछ । ती उपकरणले प्रत्येक रुट र विमानमा पाइलटको तन्द्राको स्तर पत्ता लगाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युनिलिभर नेपालले आगामी मंसिर २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटल याक एण्ड यतीमा साधारणसभा आह्वान गरेको हो । साधारणसभाले सेयरधनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ । कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो । गत आर्थिक वर्ष […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ […]

काठमाडौँ । भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले एक विशेष स्मार्टवाचमार्फत आफ्ना विमान चालकहरूको थकान वा तन्द्रा अवस्था जाँच्ने भएको छ । इन्डिगोले थकान व्यवस्थापनका प्रक्रियाहरूमा सुधार गर्न सल्लाहकारसमेत नियुक्त गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ ।   समाचार संस्था रोयटर्सका अनुसार इन्डिगोले विद्युतीय प्रणाली र उपकरणहरू बनाउने फ्रान्सेली बहुराष्ट्रिय कम्पनी थालेस ग्रुपले विकास गरेको […]