१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

शर्तसहित सरकारमा जाने मनस्थितिमा रास्वपा

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, बैशाख १५, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने थप एक सांसदसहित शुक्रबार प्रतिनिधिसभा बैठकमा सहभागी भए ।

१० वैशाखको उपचुनावमा चितवन–२ बाट निर्वाचित लामिछानेसँगै तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले शुक्रबार सभामुखसमक्ष पद तथा गोपनियताको सपथ दिए । लगतै हिउँदे अधिवेशनको अन्तिम बैठकमा सहभागी भए ।

लामिछाने १३ माघमा सांसद पदबाट पदमुक्त भएका थिए भने वाग्ले पहिलो पटक सांसद भएका हुन् । उपचुनावबाट थप एक सिट बनाएर २१ सांसद भएको संसदको चौथो दल रास्वपा शर्तसहित सरकारमा जाने मनस्थितिमा देखिएको छ ।

आफूले चाहेको खण्डमा सरकार बन्ने र ढल्ने परिस्थिति बनाएको आत्मविश्वासमा पुगेको रास्वपाले शर्तहरु राखेर पूरा हुने अवस्था भए समर्थनलाई कायम राख्ने र रोजेको मन्त्रालय पाए सरकारमा समेत सहभागी हुने मनस्थिति बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]