१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, आश्विन ०९, २०८०

तस्विर : फाईल

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ ।

राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युनिलिभर नेपालले आगामी मंसिर २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटल याक एण्ड यतीमा साधारणसभा आह्वान गरेको हो । साधारणसभाले सेयरधनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ । कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो । गत आर्थिक वर्ष […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ […]

काठमाडौँ । भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले एक विशेष स्मार्टवाचमार्फत आफ्ना विमान चालकहरूको थकान वा तन्द्रा अवस्था जाँच्ने भएको छ । इन्डिगोले थकान व्यवस्थापनका प्रक्रियाहरूमा सुधार गर्न सल्लाहकारसमेत नियुक्त गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ ।   समाचार संस्था रोयटर्सका अनुसार इन्डिगोले विद्युतीय प्रणाली र उपकरणहरू बनाउने फ्रान्सेली बहुराष्ट्रिय कम्पनी थालेस ग्रुपले विकास गरेको […]