१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

निजेरबाट राजदूत र सेना फिर्ता गर्दै फ्रान्स

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, आश्विन ०९, २०८०

पेरिस ।  फ्रान्सले गत जुलाईमा सैन्य ‘कु’ भएको अफ्रिकी देश निजेरबाट आफ्ना राजदूत र सैन्य टुकडीलाई फिर्ता गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले एक टेलिभिजन कार्यक्रममा निजेरबाट राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका हुन् । ‘आगामी केही घण्टामा हाम्रा राजदूत र अन्य कूटनीतिज्ञ फिर्ता आउनेछन्,’ उनले भने ।

उनले निजेरसँग सैन्य सहकार्य सकिएको पनि बताए । निजेरमा रहेका १ हजार ५ सय फ्रान्सेली सैनिकलाई फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको म्याक्रोंले जानकारी दिए । निजेरमा कैयौं सातादेखि सैन्य दबाब र स्थानीयको प्रदर्शनपछि फ्रान्सेली अधिकारी फिर्ता हुन लागेका हुन् । हालैका दिनमा निजेरको राजधानी नियामीमा फ्रान्सेली सेनाको क्याम्पअघि उनीहरूको फिर्तीको माग राख्दै हजारौं स्थानीयले प्रदर्शन गरेका थिए ।

निजेरमा गत जुलाई २६ मा सैन्य कु भएको थियो । सेनाले राष्ट्रपतिमा निर्वाचित मोहम्मद बाजौमलाई नियन्त्रणमा लिँदै सत्ता हातमा लिएको बताएको थियो । तर, फ्रान्सले सेनाको सरकारलाई मान्यता दिन र निजेरबाट बाहिरिन अस्वीकार गरेको थियो । निजेरको सैन्य नेतृत्वले पनि फ्रान्सेली अधिकारी र सेनालाई देशबाट फिर्ता जान दबाब दिँदै आएको थियो ।

यसअघि निजेरका सेना प्रमुखले तीन वर्षपछि मात्र देशमा नागरिक शासन फिर्ता गर्ने प्रस्ताव राखेका थिए । अफ्रिकी क्षेत्रीय संगठन इकोवासका पदाधिकारीसँगको छलफलपछि सेना प्रमुख अब्दुर्रहमान चियानीले नागरिक शासन पुनर्बहाली गर्ने समयसीमा तोके पनि यसबारे थप विवरण खुलाएका छैनन् । पश्चिम अफ्रिकाका बुर्किना फासो, गिनी, माली र चाडपछि निजेरमा पनि सैन्य शासन लागू भएको हो । यी सबै देश कुनै बेला फ्रान्सको उपनिवेश थिए भने पछिल्लो समयसम्म यहाँ उसैको दबदबा थियो ।

सेनाले सत्ता कब्जा गर्न थालेपछि भने यी देशमा फ्रान्सलगायत पश्चिमा मुलुक र अमेरिकाको पकड कमजोर बन्दै गएको छ भने रुसको प्रभाव बढिरहेको छ । विशेषगरी रुसको निजी सैन्य समूह वाग्नरले अफ्रिकामा आफ्नो प्रभाव बढाइरहेको छ । निजेर तथा आसपासका देशमा इस्लामिक समूहको आक्रमण बढ्दो छ । अन्य देशका सैन्य शासनले पनि असुरक्षाको कारण देखाउँदै सत्ता कब्जा गरेका थिए । अहिले निजेरमा पनि सेनाले त्यही कारणलाई आफ्नो हतियार बनाएको छ ।

जिहादी समूहको आक्रमण रोक्न पर्याप्त काम नगरेको आरोप उनीहरूले आफ्ना सहयोगी देश फ्रान्सलाई लगाएका छन् । देशको बिग्रँदो सुरक्षा अवस्था, खराब सामाजिक, आर्थिक स्थितिका कारण सत्ता कब्जा गर्नुपरेको निजेरको सेनाले दाबी गर्दै आएको छ । अर्कोतर्फ देशभर फ्रान्सविरोधी भावना बढ्दै जाँदा पनि सेनालाई ‘कु’ गर्न बल मिलेको हो । फ्रान्सले आफ्नो देशका सबै संसाधनको दोहन गरेको निजेरका जनताको बुझाइ छ

‘कु’ पछि भएको प्रदर्शनमा त्यहाँ रहेको फ्रान्सेली दूतावासमा प्रदर्शनकारीले आक्रमण पनि गरेका थिए । बाजौम सत्तामा आएपछि उनको प्रशासनले फ्रान्सविरोधी प्रदर्शनलाई रोक लगाएको थियो । उनले मालीबाट निकालिएका फ्रान्सका सैन्य बललाई आफ्नो देशमा तैनाथ गर्न पनि स्वीकृति दिएका थिए, जसको विरोध नागरिकस्तरबाट हुँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ।  इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह ९हमास० बीच गाजामा सुरु भएको चार दिने युद्ध विरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ । इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद […]

गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ। सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको […]

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ । हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया […]