१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue
×

कोचिला समुदायले किराँत-लिम्बुवान स्वीकार नगर्ने

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, आश्विन ०९, २०८०

तस्विर : फाईल

बिराटनगर । कोशी प्रदेशको नामाङ्कनमा असन्तुष्टि जनाएको कोचिला समुदायले किराँत वा लिम्बुवान नाममा असन्तुष्टि जनाएको छ । प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग गर्दै आएको कोचिला समुदायले छुट्टै नामाङ्कनको माग गरेको हो ।

लामो समयदेखि पहिचानवादी आन्दोलनमा होमिएको कोचिला समुदाय पुनः नामाङ्कनका लागि आन्दोलनरत पहिचानवादीको संयुक्त आन्दोलनबाट अलग भएको छ ।

झापा, मोरङ र सुनसरीका कोचिला समुदायले लिम्बुवान-किराँत नमान्ने उद्घोष गरेका हुन् । कोशी नाम परिवर्तन गर्नुपर्ने भए कोचिला राख्नुपर्ने उनीहरूको माग छ । विभिन्न जनसङ्घर्ष समिति गठन गरेका उनीहरूले एउटा मात्र समुदायको प्रतिनिधित्व हुने कुरा अस्वीकार्य हुने अडान लिएका छन् ।

कोचिला सङ्घर्ष समितिले विभिन्न अन्तरक्रियात्मक कार्यक्रम मार्फत प्रदेश नामाङ्कनमा आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ । कोचिला सङ्घर्ष समिति झापाका अध्यक्ष त्रिनारायण राजवंशीले ऐतिहासिक दस्ताबेजको आधारमा कोशी प्रदेशलाई कोचिला राज्य घोषणा गर्नुपर्ने बताएका छन् । पुन:नामाङ्कन गर्दा लिम्बुवान वा किराँत नाम राखे अमान्य हुने उनले बताए ।

‘पहिचान सहितको प्रदेशको नामाङ्कन गर्ने भए कोच राज्य राख्नुपर्छ । कोचिला राज्यका लागि आफूहरूसँग सबै प्रकारका ऐतिहासिक दस्ताबेजहरू रहेका छन् । झापा, मोरङ र सुनसरी जिल्ला कोचहरूको थाँतथलो र भूमि हो । कसैले यसको ऐतिहासिकता मेट्न सक्दैन,’ उनले भने ।

प्रदेशको विकाश सँग यहाँको पहिचान र ऐतिहासिकता झल्किनुपर्ने उनको भनाइ छ । कोचिला समुदाय अन्तरगत विभिन्न जातीय समुदायले किराँत लिम्बुवान् मान्न नसकिने धारणा सार्वजनिक गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]