०३ आश्विन २०८१, बिहिबार
19-09-2024 , Thu
×

राठी ग्रुपले ल्यायो RATHI FIRE-X ZHFR, वाइरिङ्गको सम्पुर्ण समस्या एकै चोटिमा समाधान

Logo
नमो अनलाईन प्रकाशित बुधबार, आश्विन १०, २०८०

बिराटनगर । विगत ४० बर्ष देखि विभिन्न विद्युतीय सामग्री उत्पादन गर्दै आई रहेको प्रख्यात राठी ग्रुप अन्तर्गत अन्नपुर्ण केबल्स इन्डस्ट्रिज प्रा. लि. ले ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै RATHI FIRE-X ZHFR CABLE बजारमा ल्याएका छन् ।

 

वाइरिङ्ग देखि पावर केबल सम्म सबै किसिमको तार २००१ देखि उत्पादन गर्दै आइरहेको राठी ग्रुपले केही समय अघि नेपाली बजारमा पहिलो पटक RATHI FRLS CABLE लन्च गर्यो जसको गुणस्तर बारे सबै नेपाली उपभोक्तालाई अवगत नै छ ।

समयको माग अनुसार सुरक्षा र गुणस्तर लाई निरन्तरता दिदै अन्नपुर्ण केबल्स इन्डस्ट्रिज प्रा. लि. ले नेपाली बजारमा पहिलो पटक वाइरिङ्गको सम्पूर्ण समस्याहरुको समाधानको लागि RATHI FIRE-X ZHFR CABLE ल्याएको छ । यो तार सिलीकन रबर पोलीयूराथिन बाट बनेको हुन्छ । जस्ले गर्दा यो तारमा १०५ °C तापक्रम सम्म आगो लाग्दैन संगै मुसाले समेत काट्न सक्दैन । यो तार लामो समय सम्म मजबुतिले टिकिरहन्छ । एकचोटी लगाए पछी सधै भरि ढुक्क हुने यो तार RATHI FRLS CABLE भन्दा पनि झनै सुरक्षित र मजबूत छ | RATHI FIRE-X ZHFR (ZERO HALOGEN FLAME RETARDANT) CABLE नयाँ र आधुनिक प्रविधिको संसार मै पहिलो पटक आएको केबल हो जुन धेरै तापक्रम भएको ठाउँ हरु जस्तै सिनेमा हल, फ्याक्ट्री , सुपरमार्केटहरुमा ढुक्क भएर लगाउन सकिने छ |

 

यस्ले समय समयमा गरिरहने दिक्कलाग्दो मर्मतको समस्याबाट समेत मुक्त गर्ने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । धरानमा करिब २० हजारको सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ । स्कुल जाने कक्षा ६ देखी १२ सम्मका विद्यार्थी गलत सङ्गतले दुर्व्यसनमा फस्ने गरेका छन् । आमाहरूले उनीहरूलाई बचाउन सक्ने भएकाले इलाका प्रहरी कार्यालय धरानद्वारा सोमवार आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षक प्रहरी निरीक्षक दिवस कुवर उक्त जानकारी दिएका हुन । धरानमा लागुऔषध दुर्व्यसन […]

हरिनगर । विराटनगर स्थित जुद्ध म्याच फ्याक्ट्री (सलाई उद्योग) का श्रमिक मान बहादुर गुरुङले एक दशकको पारिश्रमिक एकमुष्ट पाइन्छ भन्ने आस मारेका छैनन् । २१ वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहेका उनी बुढेसकालमा पसिनाको मूल्य कुरिरहेका छन् । तेह्रथुमबाट जागिर खान उद्योगमा पुगेका उनी २०३९ साल देखिका स्थायी कर्मचारी हुन् । २०६३ सालमा सुरेन्द्रलाल सुवालले उद्योगको अध्यक्ष […]

हेटौँडा । एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्या गरी फरार भएका  समिर खानलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको […]