१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue
×

काँग्रेस सङ्खुवासभा जिल्ला सभापति खड्काले दिए पदबाट राजीनामा

Logo
नमो अनलाईन प्रकाशित बुधबार, आश्विन १०, २०८०

तस्विर : फाईल

देवानगञ्ज । नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला सभापति दीपक खड्काले राजीनामा पदबाट दिएका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका खड्काले समय व्यवस्थापन गर्न नसकेको भन्दै बुधवार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।
संविधानसभा सदस्य समेत रहेका खड्का २०७९ मङ्सिरको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका थिए ।

सङ्खुवासभा जिल्लाको पार्टी सङ्गठन मजबुत बन्दै गइरहेको बताउँदै उनले थप समय व्यवस्थापनमा समस्या भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

आगामी दिनमा नयाँ आउने सभापतिलाई सहयोग गरेर जाने उनले बाचा गरेका छन् । सङ्गठनलाई थप सुदृढ बनाउन दूर दराजका कार्यकर्ता सँग भेटघाट र छलफल गर्नुपर्ने भएको हुँदा आफू काठमाण्डौमा भएर त्यो सबै असम्भव भएकाले राजीनामा दिएको उनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नामा हिंसात्मक गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार ताप्लेजुङको फुङलिङमा एमाले सचिव योगेश भट्टराईलाई लक्षित गरी भएको आक्रमणलाई लिएर एमालेले आपत्ति जनाएको हो। कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै पहिचानवादीको नाममा भएको अराजक गतिविधि प्रति खेद व्यक्त गरेका छन् । एमाले कार्यकर्ता सवार सवारी […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ । सोमबार दिउँसो १२ः ३० मा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु, सांसदहरु, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री पनि सहभागी भएका थिए । पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा […]

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्। सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्। ‘देश टाट पल्टिँदा नेता टाट नपल्टिने भन्ने […]