१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

भारतीय महिलालाई अविवाहित बनाएर वडाअध्यक्ष सुमन थापाले दिलाए नागरिकता

Logo
नमो अनलाईन प्रकाशित बुधबार, आश्विन १०, २०८०

हरिनगर । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सुमन थापाले भारतीय महिलालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन अविवाहित बनाएर सिफारिस गरेको भन्दै उजुरी परेको छ ।

वडाअध्यक्ष थापाले भारत बिहार राज्य अररिया जिल्ला स्थित बनेलीपट्टी ग्राम पञ्चायतमा २०६७ सालमा बिवाह भएकी एक महिलालाई अविवाहित युवती बनाएर नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको प्रति उजुरी परेको हो।

थापाले भारत बिहार राज्य अररिया जिल्ला स्थित बनेलीपट्टी ग्राम पञ्चायत घर भएकी भागवन्ती मोची नाम गरेकी महिलालाई २०८० असार १४ गतेका मितिमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नेपाली नागरिकता बनाउनका लागि अबिवाहित भनी सिफारिस गरेको थियो ।

वडाअध्यक्ष थापाले श्रीमानको महल खाली राखेर अविवाहित देखाईइ नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सिफारिस गरकोमा उनैले भागवन्तीकै छोरीको जन्मदर्ता गरिदिएको र त्यसमा भारतीय नागरिक राजकुमार मोचीको नाम बाबुको महलमा राखिएको छ ।

भारतीय नागरिकसँग बिवाह गरेकी भागवन्ती मोचीको गर्भबाट जन्मिएकी एक बालिकाको जन्मदर्तासमेत आफै सूचक भएर गरेको उजुरीकर्ताहरुले दावी गरेका छन ।

वडाअध्यक्ष सुमन थापाले रकम लिएर भारतीय महिलालाई अबिवाहित भनी नेपाली नागरिकता दिलाएको भन्दै गृह मन्त्रालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय सुनसरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नागरिकता बदर गरि कानुनी कारवाही गर्न उजुरी दर्ता भएको छ।

यता वडाअध्यक्ष सुमन थापाले नागरिकता लिएकी भागवन्ती मोची आफ्नै गाँउ समाजकी छोरी रहेकी उनी स्वस्तिक भेनियर नाम गरेको प्लाई उधोगमा काम गर्न जाँदा भारतीय नागरिकले यौन सम्बन्ध कायम राखी गर्भ रहन जाँदा एक सन्तानको जन्म भएको बताए ।

थापाले भारतीय नागरिक राजकुमारले भागवन्तीलाई छाडेर हिडेकाले एक सन्तानको जन्म दिएकी भागवन्तीलाई नागरिकता अभावमा कुनै कामकाज गर्न कठिनाई भएपछि नागरिकताको सिफारिस नियमअनुसार गरेको बताए ।

वडाअध्यक्ष थापाले भने, ‘भागवन्तीका बाबुको जन्मसिद्ध नागरिकता रहेकाले सोही आधारमा गाँउ सर्जमिन मुचुल्का अनुसार साक्षी प्रमाणका आधारमा आफुले नागरिकताको सिफारिस गरेको बताए ।

गलत मनसायले नागरिकता बनाउन सहयोग नगरेको दावी गरेका छन । यसैगरि मोचीको छोरी निशाको जन्मदर्ता आफैले सूचक भएर सहयोग गर्ने मनसायले बनाएको बताए । वर्नमाला अनलाईन बाट सभार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]