१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

कोसी ७ का वडाध्यक्ष लालदेव सदाको कीर्ते हस्ताक्षर गर्ने पक्राउ

Logo
नमो अनलाईन प्रकाशित बुधबार, आश्विन १०, २०८०

तस्विर : फाईल

हरिनगर । सुनसरीको कोसी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लालदेव सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा एकजनालाई पक्राउ परेको छ ।

वडाध्यक्ष सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा कोशी ७ का ३८ वर्षिय मुनेश्वर शर्मालाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

सदाको उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको भण्डारीले पुष्टि गरेका छन् । आरोपित शर्मालाई बुधबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिने तयारी भएको भण्डारीले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्र का अगुवा कार्यकर्ता रहेका आरोपित शर्माले आफू वडाध्यक्ष भएको भन्दै राष्ट्रिय भूमि आयोगको ढाँचाअनुसार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने विपन्न समुदायको लगत सङ्कलन फारममा वडाध्यक्ष सदाको कीर्ते हस्ताक्षर गरेको आरोप रहेकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]