१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

बलात्कारको आरोपमा सुनकोशी गाउँपालिकाका वडा अध्यक्ष पक्राउ

Logo
नमो अनलाईन प्रकाशित बुधबार, आश्विन १०, २०८०

तस्विर : फाईल

हरिनगर । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय एक २५ वर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार ओखलढुङ्गा जिल्ला अदालतबाट पक्राउ गर्ने पुर्जी प्राप्त गरेको प्रहरीले मंगलबार सिद्धिचरण नगरपालिकाबाट धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक बालिस्टर सिंहले बताउनुभयो ।

जिल्ला अदालतबाट सात दिनको म्याद लिई धमलालाई हिरासतमा राखेर घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । धमलाले फेसबुकमार्फत स्टाटस लेख्दै षड्यन्त्र गरेर आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]