१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

भन्सार छली ल्याएको १ लाख भन्दाबढीको प्याज देवानगञ्जबाट प्रहरीको नियंत्रणमा

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, आश्विन ११, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । सुनसरी प्रहरीले देवानगञ्ज गाउँपालिका वडा नं. ३ र ४ बाट भन्सार छली ल्याएको ३७ बोरा अवैध प्याज प्रहरीले नियंत्रणमा लिएको छ ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यलय देवानगञ्जको संयुक्त प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याई लुकाई छिपाई राखेको प्याज नियंत्रणमा लिएको ईलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।

बरामद गरिएको प्याजको १ लाख ११ हजार मूल्यांकन गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय भन्टाबारी पठाइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]