१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

विद्यालय आसपास सुर्तीजन्य पदार्थ बेचबिखन न गर्न इटहरी उपमहानगरपालिकाको चेतावनी

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, आश्विन ११, २०८०

हरिनगर । इटहरी उपमहानगरपालिकाले विद्यालय क्षेत्र आसपास सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । बालबालिकालाई कुलत तथा दुर्व्यसनीमा पर्न नदिने उद्देश्यले विद्यालय क्षेत्रमा कडाइका साथ अनुगमन गरी रोक लागाईएको हो ।

सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी दिदै उपमहानगरपालिकाले बुधवार ठुलो मात्रामा सुर्तीजन्य पदार्थ जफत समेत गरेको छ ।

मेयर हेमकर्ण पौडेलले विद्यार्थीहरूलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरेको बताएका छन् ।

विद्यालयकै अगाडि खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि कडाइ गरिएको उनको भनाइ छ ।

आगामी दिनमा अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानुनी दायरामा ल्याइने उनले चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]