१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

चितवनमा हुर्किएका पुष्पा र अञ्जली कोशी टप्पुमा ल्याइदै

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, आश्विन ११, २०८०

हरिनगर । चितवन राष्ट्रिय निकुञ्जका दुईवटा पोथी गैंडा पुष्पा र अञ्जलीलाई आज कोशी टप्पु वन्यजन्तु आरक्ष ल्याइदैछ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज अलग अलग खोरमा राखेर पुष्पा र अञ्जलीलाई कोशी ल्याउन लागिएको हो । कोशी टप्पुमा पुष्पा र अञ्जलीलाई इन्क्लोजरमा राखिनेछ ।

कोशी टप्पुमा गैंडाका लागि वेटल्याण्ड र ग्रासल्याण्ड राम्रो भएको कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख रमेश यादवले बताए । पुष्पा र अञ्जलीलाई राख्नका लागि १६ फिट अग्लो, ८५ फिट लामो इन्क्लोजर बनाइएको छ । त्यहाँ पानी र घाँसेमैदान पनि राखिएको छ । सुरक्षा सहितको सेक्युरिटी पोष्टहरु पनि बनाइएको उनले बताए । गैंडा हेर्नका लागि भ्यू पोइन्ट पनि बनाइने यादवले बताए । पुष्पा र अञ्जली दुवै आमाविहीन भएर टुहुरो बनेका गैंडाका बच्चाहरु हुन् ।

२०७६ पुस ५ गते करिब २ महिनाको पुष्पा नवलपुरको तमासपुरमा हिलोको दलदलमा भासिएको अवस्थामा भेटिएको थियो । २०७७ को गैंडा गणनाको क्रममा चैत १४ गते निकुञ्जको नवलपुर दिव्यपुरीको क्षेत्रबाट १ महिनाको उमेरमा अञ्जलीको उद्धार गरिएको थियो । दुवै गैंडाका बच्चालाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुर्काइएका हुन् ।

मानिसको माया र ममतामा हुर्किएका यी दुवैले मानिसलाई मन पराउँछन् । सौराहा क्षेत्रमा सँगसँगै डुल्ने र हिंड्ने गरेपछि निकुञ्जले गत वैशाख ३१ गते दुवैलाई निकुञ्जको लामिताल क्षेत्रमा छाड्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]