१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue
×

सुनसरीका एक युवा नक्कली भारतीय नोटसहित विराटनगरबाट पक्राउ

Logo
नमो अनलाईन प्रकाशित सोमबार, आश्विन १५, २०८०

हरिनगर । नक्कली भारतीय नोटसहित सुनसरीका एक युवा शनिबार मोरङ विराटनगर महानगरपालिका–६ बाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी हरिनगर गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी रहेका छन् । भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी पैसा तिर्ने क्रममा उनले दिएको भारतीय नोट नक्कली भएको शङ्का लागेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विराटनगरको टोलीले उनको साथबाट दुई सय दरका २० वटा र पाँच सय दरका सातवटा गरी कुल ७ हजार पाँच सय भारतीय नक्कली नोट बरामद गर्न सफल भएको छ ।

उनले प्रयोग गरेको बा १६ च ७६१३ नम्बरको कारसहित नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीमाथि मुद्रासम्बन्धी कसूरमा मोरङ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै झापाको बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी होटल एन्ड लजबाट ब्राउनसुगरसहित दुईजनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका–४ का २१ वर्षीय उत्तम दर्जी र इलाम सूर्योदय नगरपालिका–२ की २० वर्षीया सन्ध्या विश्वकर्मालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एक ग्राम नौ सय मिलिग्राम ब्राउनसुगर र पाँच हजार ५ सय रुपैयाँ नगद र तीन थान मोबाइल बरामद गरिएको छ । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर अनुसन्धान सुरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि म उपर अन्याय गरेकोले कानुनी कार्वाहीको माग गर्दै सुनसरीको देवनागञ्ज गाउँपालिका ३ का ५५ वर्षिय शिवनारायण मण्डलले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । मण्डलले आफूलाई अन्याय गर्ने पाँच जना विरुद्ध आवश्यक कार्वाहीका लागि भन्दै कार्तिक १३ गते जिल्ला प्रशासन […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज स्थित रहेको नयाँ हटिया (कप्तानगञ्ज बजार) मा भएको पसलहरुको अनुगमन गर्दै पालिकाले अनुगमनलाई निरन्तरता दिएको हो । मंगलवार गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश पसलमा […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको मुटुको रुपमा मानिएको देवानगञ्ज बजारको पालिका अध्यक्ष बेचनप्रसाद मेहताको निर्देशनमा अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश पसलमा दर रेटमा एकरुपता नभएको र म्याद गुज्रेको समान फेला परेको छ । चाँडपर्व नजिकिएसँगै बजार […]